Logo

अचम्म

यसकारण सेक्सका लागि बिहानको समय उत्तम हुन्छ, यस्ता छन् फाइदा



यौन सम्बन्ध बनाउने कुनै निश्चित समय त हुँदैन तर पनि एक अध्ययनले बिहानको समयमा सेक्स राख्दा स्वास्थमा फाईदा पुुग्ने निश्कर्ष निकालेको छ ।

अध्ययनमा बिहानको समय सेक्स गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति उल्लेख गरिएको छ । आयुर्वेदका अनुसार सेक्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने सेक्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् ।

तर दिनभरको थकान र कामको शेड्यूलपछि राति सेक्सको बारेमा सोच्नु समस्या नै हुन सक्छ । त्यस कारण रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ ।

युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार सेक्सको क्रममा अक्सिटसिन हार्मोन निस्कन्छ । जसले तपाईंको मूडलाई राम्रो बनाउने काम गर्छ । अक्सिटसिन पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ ।

एक्सर्साइज गर्नमा यदि तपाईंलाई अल्छी लाग्छ भने मर्निंग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सकिन्छ । रिपोर्ट्सका अनुसार सेक्स गर्दा एक घन्टामा ३०० क्यालोरी नष्ट हुन्छ । एजेन्सी

सेक्सका लागि कुन समय सबैभन्दा उत्तम मानिन्छ ?

 कैयौ श्रीमान–श्रीमति आफ्नो दम्पत्य जीवनमा सम्बन्धको विषयलाई लिएर चिन्तित हुने गर्छन्। उनीहरु कहिल्यै पनि सम्बन्धबाट सन्तुष्टिको महसुस नभएको बताउने गर्छन्, जसका कारण उनीहरु दुखी भएका हुन्छन्।

फ्रन्टियर्स इन साइकोलजीद्वारा गरिएको अनुसन्धानका अनुसार महिला र पुरुषहरुको कामोच्छामा फरक फरक समयमा हुने पाइएको छ। दुवैले एकै समय एक साथ कामोच्छा महशुस गर्ने सक्दैनन्। महिलाहरु सबैभन्दा ज्यादा साँझको समय कामोच्छा महशुस गर्छन् भने पुरुष बिहानको समय ज्यादा सक्रिय रहन्छन्। शोधमा समावेश डाटाका अनुसार प्राय दम्पति राति ९ बजेपछि सुत्नुअघि सम्बन्ध राख्ने गरेको पाइएको छ।

विशेषज्ञहरुका अनुसार सुत्नुपूर्व सम्बन्ध राख्नु उपयुक्त हुँदैन। दिनको अन्त्यमा सम्बन्ध राख्नु तपाईलाई सजिलो होला । तर, डाक्टरहरु यसलाई सही मान्दैनन्। डाक्टर माइकल ब्रेूअस भन्छन्, ‘रातको समय सुत्नुभन्दा पहिले धेरै कपल्स सम्बन्ध राख्छन् । तर, यस समय रामइलो अनुभव हुन सक्दैन। यसको मुख्य कारण दिनभरको कामपछि थकान हो, जस कारण तपाई आनन्द महसुस गर्न सक्नुहुन्न।’

डाक्टर माइकलका अनुसार बिहानको समय सम्बन्ध राख्नु सबैभन्दा राम्रो हुन्छ। किनकि रातभर राम्रो निद्रापछि तपाई इन्टिमेसीको आनन्द लिन सक्नुहुन्छ। बिहान उठेसँगै दुवै पार्टनरमा भरपुर ऊर्जा हुन्छ र बिहानको समय हार्मोन पीकमा रहन्छ, त्यस कारण सम्बन्ध राख्नु उपयुक्त हुन्छ।

डाक्टर माइकलले भने ‘बिहानको समय सम्बन्ध राख्नाले दम्पतीले नयाँपनको महशुस गर्छन् र पुरै ऊर्जाका साथ आफ्नो दिनको शुरुवात गर्छन्। तर बिहान सेक्स गर्नु सबै मानिसहरुका लागि फाइदा भने छैन। खास गरेर धेरै व्यस्त र धेरै सक्रिय मानिसहरुलाई यसले बेफाइदा गर्छ।’

प्रकाशित मिति : पुष १२, २०७७ आईतबार  २ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।