आइतवार, पौष १२ २०७७
काठमाडौँ
नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने र कम विधुत खपत गर्ने एसीहरु बजारमा ल्याएको छ । सिजीले सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै ल्याएको हो ।
सिजीले हालै आफ्ना सबै ग्राहकवर्गहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना पनि ल्याएको छ जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विधुतमा पनि बचत गराउनु रहेको छ ।
अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विधुतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउने भएकोले सिजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेको साथै विधुतमा पनि वचत गर्नेसक्ने कम्पनीले जनाएको छ ।
सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्भर्टर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ०।७५ टन देखि ३।० टन सम्म उपलब्ध छन् ।
सिजीका एसीमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौंभित्र २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।