बिल गेट्सका पिताको निधन

बिल गेट्सका पिताको निधन

  • 211
    SHARES

  • बिल गेट्सका पिताको निधन

    माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

    उहाँ अल्जाइमरको विरामी हुनुहुन्थ्यो । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उहाँको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनुभयो । उहाँको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनुभएको छ ।

    images

    बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल हुनुहुन्थ्यो । उहाँ ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुनुभएको थियो ।रासस 

    बुधवार, भाद्र ३१ २०७७०१:२०:१८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै