images

पहिरो पीडितलाई प्रदेश सरकारको रु ५० हजार सहयोग

पहिरो पीडितलाई प्रदेश सरकारको रु ५० हजार सहयोग

  • 478
    SHARES

  • पहिरो पीडितलाई प्रदेश सरकारको रु ५० हजार सहयोग

    बागलुङको जैमिनी नगरपालिकामा  भदौ २८ र २९ गतेको पहिरामा परी ज्यान गुमाएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत  प्रदान गरेका हुन् । पहिरामा परी ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले प्रदेश सरकारले राहत  उपलब्ध गराएको हो ।

    राहत  प्रदान गर्दै मन्त्री चुमानले विपत्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए । स्थानीय सरकार र सङ्घ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उहाँले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरे । प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उनको आग्रह थियो । जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिराका कारण आठ घर पुरिएका छन् । पहिराको जोखिमका कारण दर्जनभन्दा बढी परिवार आफ्नो घर छाडेर छिमेकमा बसेका छन् । 

    images images

    images
    images
    images
    images
    images
    images
    बुधवार, भाद्र ३१ २०७७०२:२०:१३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै