Logo

सुदूरपश्चिम प्रदेश

समाजसेवी मल्लको १३ दिनको पुण्य तिथीमा २ हजार जनालाई निशुल्क खाना



सुदुरपश्चिमका एक समाजसेवीको १३ दिनको पुण्य तिथीमा देशका विभिन्न ठाउँमा एकैदिन २ हजार जनालाई निशुल्क खाना खुवाइएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका निवासी गंगाराम मल्लको १३ दिनको पुण्यतिथीमा उनका छोरा ईन्द्र मल्लले उक्त संख्यामा शाकाहारी खाना खुवाउँने व्यवस्था मिलाएका हुन् ।

सामाजिक कार्यमा आफ्नो छुट्टै परिचय पहिचान स्थापित गरेका गंगारामको गत २० गते ७३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनको १३ औं दिनको पुण्यतिथी पारेर छोरा ईन्द्रले देशका विभिन्न ठाउँमा र विशेष गरी काठमाडौंको पुृरानो वसपार्क, कलंकी, पशुपति, बागमती किनार लगायतका क्षेत्रमा खाना खुवाउने व्यवस्थापन मिलाएका छन् भने नेपाल शाकाहारी पार्टीले समन्वय गरेको छ । ईन्द्र मल्ल समेत उक्त पार्टीको सुदुरपश्चिम  प्रदेश संयोजक हुन् ।

उक्त पार्टीका अध्यक्ष राधेश्याम खड्काले विभिन्न ठाउँमा खाना खुवाउने कार्य भई रहेको बताए । 

खड्काको समूहलाई खाद्यान्न वितरण

IMG_0487.jpg

नेपालमा फुड बैंकको स्थापना गरेर स्थापित समेत गरेका नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम खड्कालाई काठमाडौंको हात्तिगौडाका बिजय लम्साल र बुढानिलकण्ठका उद्धव कार्कीले खाद्यान्न वितरण गरेका छन् । देशमा लकडाउन सुरु भएको एक हप्तादेखि निरन्तर खाना खुवाई रहेका खड्कालाई लम्साल र कार्कीले ७ बोरा चामल र १ बोरा दाल उपलब्ध गराएका हुन् । उक्त खाद्यान्न सहयोग अनलाइनपानाको समन्वयमा उपलब्ध गराईएको हो ।

फोटो फिचर हेर्नुहोस् खाना खुवाइएका थप तस्वीरहरु :

Shahakari Party Food Bank (18).jpgShahakari Party Food Bank (19).jpgShahakari Party Food Bank (15).jpgShahakari Party Food Bank (21).jpgShahakari Party Food Bank (20).jpgShahakari Party Food Bank (13).jpgShahakari Party Food Bank (14).jpgShahakari Party Food Bank (9).jpgShahakari Party Food Bank (1).jpgShahakari Party Food Bank (8).jpgShahakari Party Food Bank (2).jpg

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार  ५ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।