सुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

  • 868
    SHARES

  • सुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको छ । 

    “अहिलेको राजनीतिक परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको हो”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो,“अर्को पार्टीको केन्द्रीय सदस्य भइसकेपछि मुख्यमन्त्रीले उहाँलाई पदमुक्त गर्नुभएको हो ।

    images

    ”डडेलधुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि राससलाई प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुन सक्ने बताउनुभयो ।“मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ”, बोहराले भन्नुभयो,“आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ । ”

    मंगलवार, पौष १४ २०७७०१:५६:१४

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै