लाचार जनता र नेतामुखी कार्यकर्ताहरु

कोरोनाको मारमा पर्यटन क्षेत्र: व्यवसायी र मजदुरहरुको दैनिकी अस्थब्यस्त बन्दै

कोरोनाको मारमा पर्यटन क्षेत्र: व्यवसायी र मजदुरहरुको दैनिकी अस्थब्यस्त बन्दै

  • 1.8K
    SHARES

  • कोरोनाको मारमा पर्यटन क्षेत्र: व्यवसायी र मजदुरहरुको दैनिकी अस्थब्यस्त बन्दै

    कोरोना महामारीले विश्वलाई नै प्रभावित बनायो । यसैले, पर्यटन क्षेत्र यसबाट प्रभावित नहुने त कुरै भएन । अझ, पर्यटन पेशाबाटै राम्रो आम्दानी गर्दै आएकादेखि होटल व्यवसाय गर्ने श्रमिक तथा व्यवसायिकहरुलाई कोरोनाले नराम्रोसँग थला पारिदिएको छ ।

    नेपाली पर्यटन क्षेत्र बिदेशीहरुको टुर र ट्रेक्किङ्गमा बढी भर पर्ने गर्दथ्यो । स्वेदश वा विदेशबाट आउने देशी तथा बिदेशीहरुको आगमनले लाखौँ आम्दानी गर्दै आएका श्रमिकहरु: गाइड, पोर्टर र व्यवसायीहरुको दैनिकी पनि कष्टकर बनेको छ । अझ यो क्षेत्रमा करिअर बनाउने सुरका साथ अगाडि बढ्दै गरेकाहरु सबैमा अन्यौलता छाएको छ । विस्तारै शहर बजारमा चहलपहल बढेतापनि बिदेशी आगमन र पर्यटन क्षेत्र कहिलेबाट सुरु हुन्छ पत्तो छैन । 

    images

    यसले गर्दा, विगत ९ महिनादेखि पर्यटन क्षेत्रमा सक्रियहरुले वैकल्पिक पेशा पनि अंगालेका छन् । कतिपयले भने निरन्तरताका लागि मात्र भएपनि अफिस कुर्दै र आशामा बस्दै गरेका छन् । 

    पछिल्लो समय देशको आम्दानीको मुख्य श्रोत नै पर्यटन हो । तर, यस क्षेत्रमा सरकारले चासो नदिदाँ सबैजना चिन्तित देखिन्छन् । पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै यस क्षेत्रमा लगानी गरेका हरुको अहिले बिचल्ली भएको छ । यसले, अधिकांशहरुले त लगानी उठाउने कसरी भनेर सोच्न समेत सकेका छैनन् ।

    यस्तै, यस क्षेत्रमा बिगत लामो समय देखि व्यवसाय गर्दै आएका ट्रेक्किङ्ग प्लाननर नेपालका प्रमुख दिपक लामिछानेका अनुसार, धेरै गाइड तथा पोर्टरहरुले वैकल्पिक पेशा सुरु गरिसकेका छन् । लामिछानेले अनलाइनपानासँगको कुराकानीमा भने, कोहीले कतै केहि समयको लागि पार्ट टाईम काम गरेका छन्, कसैले चटपटे व्यापार गरेको र कसैले आफ्नै गाउँघरमा खेतीपाती देखि सामान्य तरिकाले जीबन गुजारा गरिरहेका छन् । ट्रेक्किङ्ग सुरु भएपछि त ट्रेक्किङ्गतिर नै सबैको व्यस्तता बढ्ला । तर, अहिले धेरैले बैकल्पिक बाटो रोजेका छन् ।’

    यस्तै ट्रेक्किङ्ग गाइड अनन्त खनालले बाख्रापालन साथै कृषि पेशा गर्दै गाउँमा रहेका छन् । खनालले पर्यटन क्षेत्र धरासायी भएको अवस्थामा आफ्नो पेशाले राहत दिएको बताए ।

    यस्तै, अर्का गाइड रमेश पुनले एक ग्रिल कारखानामा काम गर्दै आएका छन् । पुनले भने, अहिले गरेको काम बाट धेरै खुसी छु । मैले धेरै काम सिक्ने अवसर पनि पाएको छु, अहिले गाडी पनि चलाउन थालेको छु, कोरोनाको २/४ महिना कतै निस्किन पाईएन । यहाँ काम गर्दा केहि सहज भएको बताउछन् । उनले गत असारदेखि काम गर्दै आएको र आफु पुरानै काममा फर्किनेमा आशाबादी रहेको बताए ।  

    राम अधिकारी पर्यटन सीजनमा पर्यटकहरुको भारी बोक्थे, सीजन सुरु हुने बेला लुकामा गएर बस्ने र सीजनको अन्त्यपछि मात्र घर फर्किने गरेका उनले अहिले आफ्नै डेरा छेउमा चटपटे पसल सन्चालन गर्दै आएका छन् । कोरोनाले सडकमा लेरायो तर के गर्नु खान परिहाल्यो, बालबच्चा पाल्नकै लागि यो पेशा सुरु गरे, उनले भने ।   

    ओखलढुंगाका ग्याल्जेन शेर्पा प्राय बर्ष भरि सोलुखुम्बुमै रहन्थे, अहिले गाउघरमै कृषि पेशा गर्दै आलु व्यापार गर्ने गरेको र घर बनाउने देखि सबै काम गर्ने गरेको छु, उनले भने । सिजनको बेला ट्रेक्किङ्ग र पीक चढ्न भ्याई नभ्याई हुन्थ्यो, लाखौँ आम्दानी हुन्थ्यो, आजभोली त सुक्खा लागेको छ । यसमै चित्त बुझाउनु भन्दा अरु विकल्प नरहेको समेत शेर्पाले खुलाए ।   
     
    पर्यटन आगमनमा ९९ प्रतिशतले कमी 

    कोरोना भाइरस उत्पति भएको एकबर्ष बितिसकेको छ । गतबर्ष यहि महिनामा चीनको वुहान शहरबाट उत्पति भएको भाइरसका कारण लाखौँ मानिसहरुको ज्यान गएको छ भने, करोडौं मानिसहरु यसबाट प्रभावित भएका छन् ।

    नेपालमा पनि हालसम्म १८३२ जनाको ज्यान गैसकेको छ । गत बर्षको चैत ११ गतेदेखि नेपालमा सरकारले कोरोना भाइरस बाट बच्न तथा सजग हुन भन्दै सबै तिर लकडाउन गरेको थियो भने, बिदेशी पर्यटक आगमनमा पूर्ण रुपमा रोक लागेको थियो । तर कोरोना बढिरह्यो, मानिसहरु मरिरहे,जनजीबन अस्थब्यस्त हुँदै गैरहयो । तर विस्तारै दैनिकीहरु सहज रुपमा फर्किदै गर्दा पनि यस रोगको मुख्य शिकार भैरहेको क्षेत्र हो पर्यटन ।


    "हुनेखानेलाई भन्दा हुँदा खानेलाई" सारै नै गाह्रो बनायो कोरोनाले । मुख्यत: बर्षको दुई सीजन काम गरेर आफ्नो दैनिकी तथा परिवार पाल्दै आएका पर्यटन मजदुरहरु पर्यटक नआउँदा मारमा परेका छन् ।

    पर्यटन क्षेत्र रहेको ठमेलमा होटल व्यवसाय गर्ने व्यवसायी उद्धव तिवारी भन्छन, अहिले पर्यटक आगमन शुन्य छ । होटेलहरु सबैतिर खाली छन् । स्टाफहरुलाई तलब दिन समेत सकिरहेको छैन । त्यस्तै पर्यटकको केन्द्र मानिने लुक्लामा होटल व्यवसाय गर्ने छेची शेर्पा भन्छिन्, गोरा हरुको मुख नदेखको त बर्षौं भैसक्यो आजभोली फ्याट्टफुट्ट १र२ जना देखिन थालेका छन्, उनले भनिन् कोरोना ले चोउपट्टै पार्यो होटेल को भाडा तिर्न सकेको छैन कहिले सम्म यस्तो हुने हो थाहा छैन । छेची मात्र हैन अहिले प्राय सबैको पीडा उस्तै छ । 

    कोरोना बर्ष २०२० लाई बिदाई गर्दै गर्दा सम्झिन लायक केहि भएनन्, देशमा भ्रष्टाचार, 'कु' राजनीति, अस्थब्यस्त सरकार, लाचार जनता र नेतामुखी कार्यकर्ताहरु भन्दा । अब दुई दिनपछि अंग्रेजी अर्को बर्ष सुरुहुँदै छ, आशाका किरणहरु जागेका छन्, जसोतसो, दुखसुख, जे जस्तो भएपनि अब आउने बर्षमा बिस्तारै सबै सहज हुनेमा आशाबादी रहेका छन् ।  
          
      

    मंगलवार, पौष १४ २०७७०३:०५:३६

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै