images

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित

  • 310
    SHARES

  • प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित

     प्रि(सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ३(१ गोलको सहज जित निकालेको हो ।

    र्बासिलोनालाई सहज जित दिलाउनको लागि कप्तान लियोनल मेस्सी र फिलिप्पे काउटिन्हो नायक बने ।जोन क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले दुई गोल गरे । त्यस्तै काउटिन्होले एक गोल र एक असिस्ट गरेका थिए । जिरोनाका लागि सामुएल साइजले एक गोल फर्काएका थिए ।

    images images

    पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो । खेलको २१ औं मिनेटमा बार्सिलोनाले अग्रता बनाएको थियो । ब्रानिलियन प्लेमेकर काउटिन्होले फ्रान्सिस्को ट्रिनकाओको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा अन्तिम मिनेटमा कप्तान मेस्सीले गोल गरे । उनले काउटिन्होको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २(० को अग्रता दिलाएका थिए ।

    दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै जिरोनाले गोल अन्तर घटाएको थियो । ४६ औं मिनेटमा जिरोनाका मिडफिल्डर सामुएलले गोल गर्दै खेल २(१ को स्थितिमा ल्याएका थिए । तर, ५१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । उनले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनालाई ३(१ गोलको सहज जित दिलाएका थिए ।

    प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे । पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो । आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    बिहिवार, आश्विन १ २०७७०८:४८:५२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै