Logo

मधेश प्रदेश

प्रदेश १ पछि अव प्रदेश २ तिर : नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै दाहाल -नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको दाहाल -नेपालसमूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।‘दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ,’सांसद शत्रुघन महतोले भने,‘आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ ।’

कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ तर हामीले आधाभन्दा बढी सांसद हस्ताक्षर गरिसकेका छौं,’ सांसद महतोले भने ।आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले बताएका छन् ।
 
प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहेको  दाहाल-नेपाल पक्षको दाबी छ ।

विहिवार मात्रै दाहाल-नेपाल समुहले प्रदेश १ को  मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलका नेतावाट हटाई भीम आचार्यलाई नियुक्त गर्ने घोषणा गरेको थियो । त्यसको प्रतिउत्तरमा केपी समुहले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने  १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन् ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  १२ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।