images

नेपाल बैंक र लिसंखुपाखर गाउँपालिकाबिच अध्यक्ष उद्यमशिलता कार्यक्रमका लागि सम्झौता

नेपाल बैंक र लिसंखुपाखर गाउँपालिकाबिच अध्यक्ष उद्यमशिलता कार्यक्रमका लागि सम्झौता

  • 529
    SHARES

  • नेपाल बैंक र लिसंखुपाखर गाउँपालिकाबिच अध्यक्ष उद्यमशिलता कार्यक्रमका लागि सम्झौता

    बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिका बिच गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रमका लागि  सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

    सम्झौता पछि गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगाएतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदानगरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबद्र्घनगर्न सहयोग पुग्ने बैंले जनाएको छ । 

    images images

    उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदानदिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो । गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक लि. पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दैजाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।

    संझौतामा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष श्री कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन् । 

    कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि. नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोईराला लगायतको उपस्थिति रहेको थियो ।

    बैंकले हाल १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । 

    images
    images
    images
    images
    images
    images
    बिहिवार, आश्विन १ २०७७११:२४:५९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै