वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

  • शुक्रवार, पौष १७ २०७७

  • काठमाडौँ

  • 991
    SHARES

  • वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

    वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज (शुक्रबार)को बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    images

    शुक्रवार, पौष १७ २०७७०२:४५:१५
    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै