नेकपाका पाँच सय कार्यकर्ता कांग्रेसमा प्रवेश

नेकपाका पाँच सय कार्यकर्ता कांग्रेसमा प्रवेश

  • 6.4K
    SHARES

  • नेकपाका पाँच सय कार्यकर्ता कांग्रेसमा प्रवेश

    नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले जनताको फैसलाबाट कम्युनिस्टहरूलाई समाप्त पारेर चारतारे झण्डा फरफराउनुपर्ने बेला आएको बताएका छन् ।

    गृहजिल्ला रुपन्देहीको शुद्धोधन गाउँपालिका नेपाली कांग्रेसको कार्यसमितिद्वारा शुक्रबार आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले गत निर्वाचना कांग्रेस कमजोर हुँदा राष्ट्रियता, संविधान, जनता र लोकतन्त्र कमजोर भएको बताए । उनले अबको निर्वाचनमा जनताले कम्युनिस्टहरूलाई समाप्त पार्नुपर्ने बताएका छन् ।

    images

    ‘अबको निर्वाचनमा जनताको फैसलाले कम्युनिस्ट समाप्त भएर नेपाली कांग्रेसको चारतारे झण्डा फरफराउनेछ’, उनले भने, ‘यो मुलुकमा कांग्रेस कमजोर भयो भने लोकतन्त्र, संविधान, राष्ट्रियता, जनता कमजोर हुनेछ । कमजोर भएको छ ।’

    ‘गएको निर्वाचनमा कांग्रेस कमजोर हुँदा योगदान र बलिदान खेर गएको छ’, उनले भने, ‘संविधान अहिलेको प्रधानमन्त्रीलाई कागजको खोस्टो भएको छ’, विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता खाँणले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले जहिले संविधान उल्लंघन गरेर प्रतिनिधि सभा विघटन गर्नुभयो । त्यसपछि तपाई कामचलाउ सरकार हो ।’

    कांग्रेस नेता खाँणले विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना भयो भने पनि ओलीको खैरियत नरहेको चेतावनी दिएका छन् ।

    ‘काम चलाउ सरकारको प्रधानमन्त्री ओलीलाई पछि लागेर कानून उल्लंघन गर्ने काम गर्नुभयो भने निर्वाचनपछिको सरकारले कर्मचारीको मूल्यांकन गर्नेछ । ओलीको पछाडि नलागेर कानूनको पालना गर्नुस् । विकास गर्नुस । जनताको काम गर्नुस्’, नेता खाँणले चेतावनी शैलीमा भनेका छन् ।

    प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको खाँणले बताएका छन् । ‘विश्वासको मत लिन सक्ने व्यक्तिलाई मौका दिनेछ भनेर संविधानमाले लेखेको छ ।

    ३० दिनभित्र विश्वासको मत पाउने व्यवस्था छ’, उनले भने, ‘विश्वासको मत नपाउने प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव गर्छ ।’

    ‘ओलीले संविधानमा नभएको अधिकार प्रयोग गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई सच्चाउने संविधानले हो । त्यो पनि भएन भने सर्वोच्चले सच्याउने । सर्वोच्चले सच्याउन सकेन भने जनताले सच्याउँछन्’, खाँणले भनेका छन् ।

    कम्युनिस्टहरूले सनातन हिन्दूधर्ममाथि प्रहार गरिरहेको आरोप कांग्रेस नेता खाँणले लगाएका छन् । उनले धर्मलाई अफिम हो भन्ने कम्युनिस्टलाई भोट नदिन आग्रह गरेका छन् ।

    ‘कम्युनिस्टले धर्म अफिम हो भन्छन् । चीनले मुस्लिमका ५० लाख युवालाई सुधार गृहमा राखेको छ । चर्चमा जान दिएको छैन । मदर्सा, चर्चाहरू भत्काइदिएको छ’, उनले भने, ‘धर्म भनेको कम्युनिस्टले अफिम हो भन्छ । धर्ममाथि, आस्थामाथि प्रहार गरिरहेको छ ।’

    कार्यक्रममा नेकपासहित विभिन्न राजनीतिक दलहरू परित्याग गरेर करीव पाँच सयभन्दा धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य विमल ढकालले जानकारी दिए ।

    कम्युनिस्टहरूबाट आजित बनेका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूले भ्रष्ट कम्युनिस्टलाई आउने निर्वाचनमा जनताले पाठ सिकाउने चेतावनी दिएका छन् ।

    शनिवार, पौष १८ २०७७०१:५७:२२

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै