प्रचण्डले ओलीलाई सिध्याउन खोजे

केपी ओली गणतन्त्र पछिको सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री रहेको उर्जामन्त्रीको दाबी

केपी ओली गणतन्त्र पछिको सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री रहेको उर्जामन्त्रीको दाबी

  • 1.1K
    SHARES

  • केपी ओली गणतन्त्र पछिको सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री रहेको उर्जामन्त्रीको दाबी

    ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गणतन्त्र पछिको सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरेका छन् । 

    आइतबार ओली पक्षले बुटवलमा आयोजना गरेको भेलालाई सम्‍बोधन गर्दै मन्त्री रायमाझीले राष्ट्रवादी र विकासवादी नेता ओली नै भएकाले ओलीलाईआफूले समर्थन गरेको प्रष्ट्याए ।

    images


    प्रचण्डले पार्टी एकता गर्दा ओलीलाई सर्वमान्य नेता स्वीकारेर अघि बढेको र अहिले आफूलाई चित्त नबुझेपछि ओलीलाई पनि सिध्याउन खोज्ने प्रवृत्ति प्रचण्डको ठिक नभएको टिप्पणी गरे ।  दाहाल-नेपालले दुई पार्टीका राम्रा पक्ष नभई नराम्रा पक्ष मात्रै लिएर अघि बढ्न खोज्दा विभाजनको स्थिति आएको मन्त्री रायमाझीले बताए ।

    तत्कालीन एमाले र माओवादी मिलेर नेकपा भइसक्दा पनि फेरि पूर्व-एमाले एकातिर, माओवादी अर्कोतिर हुन खोज्नु पश्चगामी कदम हुने उनको भनाइ छ। 

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै