सोमवार, पौष २० २०७७
काठमाडौँ
काठमाडौं । युवा युवतीहरुले अहिलेको र पहिलेको मानिसहरुको स्वभाव दाँज्दै एउटा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मेलिना राई र हेमराज बेघा लिम्बुको स्वर रहेको उक्त गीतको बोल हात्ती छाप चप्पल रहेको छ ।
बचन बेघाको शब्द तथा संगीत रहेको गीतको भिडियो आकर्षक बनाउँन माया प्रेम, रोमान्स तथा हाँस्य विधालाई पनि अपनाईएको छ । गीतको भिडियोमा मदन सेलिङ लिम्बु, आशिष राई, प्रिती तामाङ, बिन्दु मगर, अस्मिता तामाङ लगायतका कलाकारहरुको दमदार अभिनय र नृत्य देख्न सकिन्छ । समूहमा रहेका अन्य नृत्य कलाकारहरुको नृत्यले पनि भिडियो आकर्षक बनाउँन सघाउ पुर्याएको छ ।
दिनेश माङ्मुको कोरियोग्राफी र मेघराज मग्रातीको छायाँकन रहेको मिडियोलाई मदन सेलिङ लिम्बुले पहिलो पटक निर्देशन गरेका हुन् । मदनले पहिलो पटक निर्देशन गरेको भएता पनि उनको काम नयाँ अथवा सिकारु जस्तो लाग्दैन । भिडियोमा पुर्बेली युवा युवती जोडीको माया प्रेमको शैलीलाई पछ्याईएको छ ।
बाँकी यो भिडियोमा हेर्नुहोस् :