समतामुलक समाज बनाउन मानवीयता अत्यावश्यक छ :  मुख्यमन्त्री गुरुङ

समतामुलक समाज बनाउन मानवीयता अत्यावश्यक छ :  मुख्यमन्त्री गुरुङ

  • 538
    SHARES

  • समतामुलक समाज बनाउन मानवीयता अत्यावश्यक छ :  मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समतामुलक समाज निर्माण गर्नका लागि मानवीयता अत्यावश्यक रहेको  बताएकाछन् । सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरुलाई पोखरामा स्वागत एवं सडकसेवा र अन्तरक्रिया कार्यक्रममा उनले  समाजका सवै पक्ष मिलेर लागेमात्रै समतामुलक समाजको स्थापना हुने बताए । 

    मानवसेवा आश्रमले मानवता प्रवर्द्धन र यस पौष, माघ महिनाको समयमा चिसो सडकपेटीमा कठ्याङ्ग्रिएर कसैले पनि जीवन त्याग्न नपरोस् भन्ने उद्धेश्य सहित यस मेची महाकाली अभियानको सुरुवात गरिएको मानवसेवा आश्रमका केन्द्रीय एवं संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । 

    images

    सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धारका लागि पौष ७ गते देखि माघ ७ गतेसम्म मानवसेवा आश्रमले आयोजना गरेको मेची महाकाली यात्रा २०७७ प्रदेश नं १, प्रदेश नं २, बामगती प्रदेशको सेवा सम्पन्न गरि गण्डकी प्रदेशको गोरखा र लमजुङको सेवा पश्चात कास्कीको पोखरामा आइपुगेको हो । यसक्रममा अहिलेसम्म ३६५ जना सहयोगापेक्षी सडकमानवहरुको उद्धार भईसकेको छ । यो यात्रा अब लुम्बिनी प्रदेश, कर्णाली प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशको महाकालीसम्म पुगेर समापन हुनेछ ।

    IMG_4842 (1).jpg

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै