मंगलवार, पौष २१ २०७७
काठमाडौँ
युटुवरहरुले नै रातारात भाईरल बनाएका भिम बि.क.सँग प्रांक भन्दै दुईजना युवतीहरुले अनैतीक व्यवहार गरेपछि यस प्रकरणमा तीब्र बिवाद मात्र भएको छैन, ती दुई युवतीहरुका बिरुद्ध सशक्त कारवाहीको माग गर्दै उजुरी समेत दर्ता भएको छ । बिकृति, बिसंति तथा राष्ट्र, राष्ट्रियता र मानवताका पक्षमा ओजनदार एवम गर्वलायक अभिव्यक्ति दिदै अग्रपंक्तिको उपस्थिती जनाउँदै आएकी चर्चित एवम प्रखर अभियन्ता तथा अधिकारकर्मी सिर्जना वाग्लेको अगुवाईमा उजुरी दर्ता भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको उक्त उजुरीपत्रमा एउटा अपांगता भएको व्यक्तिमाथी गरिएको घृणित कार्यको घोर भत्र्सना गरिएको छ । प्रांकका नाममा प्रयोग भएका दुई युवती सहित त्यसमा संलग्न जोकोहीलाई पनि कडा कानूनी कारवाही माग उक्त उजुरीपत्र मार्फत गरिएको छ ।
धार्मिक तथा सामाजिक अभियन्ता वाग्लेसँगै बिश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापा तथा अर्की अभियन्ता भुमिका भण्डारी समेत बिहान ११ : ३० मा उजुरी दर्ता गर्न आयोगको कार्यालय पुल्चोक पुगेका थिए । उजुरी दर्ता पछि प्रतिक्रिया दिदै वाग्लेले दोशी उपर कडा कानूनी कारवाही हुनु पर्ने बताईन् । एउटा अपांगता भएको अझ मानसिक सन्तुलनमा समेत केही समस्या भएको व्यक्ति माथीको बर्बरता असहैय भएको भनाई वाग्लेको रहेको छ ।
सबै नागरिकहरुको पहिलो कर्तव्य कानून पालना गर्ने रहेकोले आफूहरुले पहिलो कदम स्वरुप उजुरी दिएको बताउँदै अधिकारकर्मी वाग्लेले दोशीलाई कानूनले नचिनेमा वा कारवाही नगरेमा आफैंले रामधुलाई हान्ने बताईन् । 'त्यस घटनामा जोसुकै जोडिएको भएता पनि छुट हुनै छैन, यति कानूनी कारवाही गरिएन भने म आफैं रामधुलाई हान्छु, भौतिक कारवाही गर्छु उनले भनिन् ।