डेढ वर्ष पुरानो भिडियो बाहिरिएपछि नेम्बाङलाई ओली समूहमा वस्न नैतिक संकट (भिडियो सहित)

डेढ वर्ष पुरानो भिडियो बाहिरिएपछि नेम्बाङलाई ओली समूहमा वस्न नैतिक संकट (भिडियो सहित)

  • 5.0K
    SHARES

  • डेढ वर्ष पुरानो भिडियो बाहिरिएपछि   नेम्बाङलाई ओली समूहमा वस्न नैतिक संकट  (भिडियो सहित)

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नु भन्दा अगाडि पार्टी संसदिय दलको उपनेता रहेका सुवासचन्द्र नेम्बाङ करीब वर्ष  डेढ पहिले आफूले बोलेको भिडियो बाहिरिएपछि ओली गुटमा बस्न नैतीक संकट उत्पन्न भएको छ । २०७६ सालको श्रावण ४ गतेको एउटा प्रसंगमा केपी शर्मा ओलीले संसद भंग गर्ने अधिकार नभएको प्रतिक्रिया दिएका नेम्बाङको उक्त भिडियो आज एकाएक भाईरल भएपछि उनलाई यस्तो संकट आएको हो ।

    काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवाद तथा पत्रकार प्रशिक्षणका क्रममा समेत नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए । उनको अभिव्यक्ति बिपरीत ओलीले संसद बिघटन गरेपछि नेम्बाङको भनाईको आधिकारिकतामा समेत प्रश्न उठेको छ ।

    images

    उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए । नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए ।
    उनले संसद बिघटन हुँदैन ५ वर्षपछि निर्वाचन हुन्छ भनेका थिए ।


    हेर्नुहोस् नेम्बाङको भिडियो :

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै