बुधवार, पौष २२ २०७७
काठमाडौँ
नेकपामा आएको विभाजन पछि नेता तथा कार्यकर्ताको ध्रुविकरण व्यापक बनिरहेको छ । नेता तथा कार्यकर्ताविच समुह परिवर्तन गर्ने , एक समुहले अर्कोलाई अविश्वास प्रस्ताव गर्ने, निलम्वन गर्ने सामान्य गतिबिधि बनेको छ ।
यसैविच प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।
ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु दाहाल नेपाल समूहमा छन् ।