पार्टी राजनीतिभन्दा माथि उठेर सेवा गर्छु : घनश्याम भण्डारी, दुल्लु नगरपालिकाप्रमुख  (अन्तर्वार्ता)

पार्टी राजनीतिभन्दा माथि उठेर सेवा गर्छु : घनश्याम भण्डारी, दुल्लु नगरपालिकाप्रमुख  (अन्तर्वार्ता)

  • 772
    SHARES

  • पार्टी राजनीतिभन्दा माथि उठेर सेवा  गर्छु : घनश्याम भण्डारी, दुल्लु नगरपालिकाप्रमुख  (अन्तर्वार्ता)

    सञ्चार उद्येमीबाट खारिएर नेपाली कांग्रेस पार्टी राजनीतिमा हात हालेका घनश्याम भण्डारी दुल्लु नगरपालिकाका प्रमुख हुन् । गाउँकै नेपाल राष्ट्रिय माविबाट स्कुले पढाइ सुरु गरेका उनले मध्येपश्चिम विश्वविद्यालयबाट नेपालीमा स्नाकोत्तर हासिल गरेका छन् । भण्डारी नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष, पत्रमहासंघको जिल्ला अध्यक्ष, ट्रेड युनियन कांग्रेसहुँदै पार्टीको क्षेत्रीय सभापति पनि हुन भ्याए । यसरी समग्र क्षेत्रबाट खारिएका उनी नेपाली कांग्रेसका प्रखर युवा नेताको रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधि भइसकेपछि पार्टी राजनीतिभन्दा माथि उठेर सेवा गर्नुपर्नेमा जाेड दिन्छन् । भसमसामयिक विषयमा केन्द्रित रहेर उनै भण्डारीसँग अनलाइनपानाका लागि कालिका महतले गरेको कुराकानी :

    दुल्लु नगरपालिका कसरी सञ्चालन भइरहेको छ ? 

    images

    नगरपालिकाको नियमित रुपले चलिरहेको छ । जुन ठाउँमा राजनीतिक नेतृत्वसँग व्यक्तिगत फाइदाको कुरा हुँदैन, त्यसमा काम राम्रो नहुने कुरै हुँदैन । जब राजनीति नेतृत्वसँग लोभ हुँदैन त्यहाँ प्रशासनिक नेतृत्वले चलखेल गर्न पाउँदैनन् । जहाँ प्रशासनिक नेतृत्वले चलखेल गर्न पाउँदैन । प्रशासनिक नेतृत्वले चलखेल नगर्ने हो नागरिकहरुले सार्वजनिक सेवा र वस्तु सहज रुपमा पाउँछन् । सार्वजनिक सेवा र वस्तु सहज रुपमा उपलब्ध गराउन सक्नु नै निर्वाचित जनप्रतिनिधिको पहिलो कर्तव्य हो । त्यही दिशामा हामी दत्तचित्त भएर लागिपरेको छौं । 

    त्यसोभए जनताको काममा मरिमेटेर लाग्नुभएको छ ? 

    हामी जनताको कामको लागि हिजो पनि लाग्यौं, आज पनि लागेका छौ र भोली पनि उत्तिकै लाग्ने छांै । नेता भेनकोे नागरिकको मौलिक हकअधिकार, जीउधनको सुरक्षामा सम्वेदनशील भएर  काम गर्ने व्यत्ति नै नेता हुन्छ । त्यसैले यहाँ जनताको न्यूनतम आवश्यकता परिपूर्तिको लागि मरिमेटेर लागेका छौं । 

    कोरोनाको करले नगरपालिकाको नियमित कामलाई कत्तिको बाधा पुर्‍यायो ? 

    कोरोनालाई हामीले अवसर चुनौतीको दुबै रुपमा लियौ । कोभिडको कारण भारतबाट ३५ सय हाराहारी नागरिकहरु भारतबाट भित्रिए । उनीहरुलाई यातायात खर्च दिइयो, चौध दिनसम्म क्वारेन्टाइनमा राखियो । केही पोजेटिभ भएका साथीहरुलाई आइसोलेसन राख्ने कामहरु भयो । दुल्लु नगरपलिकाले बहुप्राविधिक शिक्षालयका भवनहरु कोभिडकै बेला निर्माण गरेको अवस्था छ । ती प्राविधिक शिक्षालयमा विज्ञान, सिभिल इन्जिनियर, सवइन्जिनियर, फरेस्ट्री गरी चारवटा फ्याकल्टी सञ्चालन गर्ने भनेर कोभिडकै बेला भवन निर्माण गरियो । 

    कोभिडको समस्या भैरहँदा पनि निर्माणका कामहरु भैरह्यो ? 

    सुरक्षाका सबै विधि अपनाएर निर्माणका सबै काम सञ्चालन भइरहे । कोभिडिकै समयमा दुल्लु अस्पतालमा ५० बेडको आइसुलेसन भवन निर्माण भयो । कोरोना कहरकैबीचमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा एकेडेमिक, प्रशासनिक र शैक्षिक भवन निर्माणको काम सम्पन्न भयो । कोभिडकै समयमा हामीले पशु विज्ञानको पूर्वाधार भनेर गाई, भैँसी, बाख्रा, कुखुरा र सुगुरको खोर बनाउने काम अन्तिम चरणमा पुग्यो ।

    पालनको व्यवस्था मिलाइएको छ । विकासका कार्यहरु रोकिएन । विकास बजेट पनि सामान्य सेमिनार, गोष्ठी बाहेक झन्डै ९२ प्रतिशत खर्च भयो । त्यसकारण कोभिडको नाममा विकास निर्माणका कामहरु रोकिएको छैन । हामीले विकास निर्माणलाई कोभिडकोसँगसँगै लिएर आएका छौं । भारतबाट आएका २५० जना नागरिकहरुलाई जसले खाइपाइ आएको रोजगारी, व्यवसाय छोडेर आउनुभयो । उहाँहरुलाइ सानो भने पनि सहयोग गरौै भनेर ३२ हजारको दरले आर्थिक सहयोग गर्‍र्यौं । राहत पनि उपलब्ध गराएका थियांै । त्यसैले हामीहरु कोभिडको आडमा चुपलागेर बसेको अवस्था छैन । 

    दुल्लु नगरपालिका कति वडा मिलेर बनेका छ ?

    दुल्लु कर्णाली प्रदेशकै ठूलो नगरपालिका हो । साविकको १० वटा गाविस मिलेर बनेको हो । अहिले यस नगरपालिकामा तेह्रवटा वडाहरु छन् । त्यसकारण यो प्रदेशकै ठूलो नगरपालिका हो । यो जनसंख्या र भूगोल दुवै हिसावले ठूलो मानिन्छ । नगरपालिका भनिए पनि विकासका दुष्टिकोणले गाउँपालिका गाउँमै छौ । शहरी बस्तीहरु त्यति छैनन् । त्यैपनि नगरपालिका बनाउने होडवाजीबीचमा दुल्लु नगरपालकिा घोषणा भयो । अब त्यसलाई हामी विकसित नगर कसरी बनाउने भने सोच्दैछौं । यहाँको ८० प्रतिशत हाराहारी जग्गाजमिन गुठीका नाममा छन् । स्थानीय तहको आन्तरिक आय भनेको मालपोत हो । २० प्रतिशत मात्रै सरकारको मातहतमा भएकाले आन्तरिक आयआर्जन कम छ । ८० प्रतिशत जग्गा देवीदेवताको मठमन्दिरका गुठीमा भएकाले बीस प्रतिशत जग्गाको मत्रै राजश्व उठाउन पाउँछौं । 

    त्यहाँ कतिवटा गुठीहरु छन् ? 

    यहाँ विभिन्न मठमन्दिरका नामका चौध वटा गुठी छन् ।  जसको नाममा यहाँका धेरै जग्गा जमिनहरु रहेका छन् । स्थानीय तहलाई सरकार भनिएको छ । तर, आयस्रोतको नाममा बीस प्रतिशत मात्रै जग्गा सरकारको मातहतमा छ भने त्यहाँको आन्तरिक आयस्रोत के ? बीस प्रतिशत जग्गा स्थानीय सरकार दिइरहेको छ भने हामीले सरकार हौ भनेर कसरी गौरव गर्ने । यति हुँदाहुँदै पनि जनताको सार्वजनिक वस्तु, सेवाप्रवाहमा कुनै खाँचो गरिएको छैन । 

    त्यसोभए त्यहाँको धेरै जग्गा गुठीका नाममा भएकाले आन्तरिक आय भएन ? 

    हो, स्थानीय तहको मूख्य आम्दानीको स्रोत मानिएको जग्गाजमिन देवीदेवताको मातहतमा भए । हामीले भावनामा बगेर संविधान धेरै कुरा लेख्यौं । स्वच्छ वातावरणमा बाच्न पाउने हक अधिकार छ भन्यौ । यतिहुँदा पनि दुल्लु नगरपालिकाले २५० किलोमिटर बाटो खनिएको छ । त्यो सबै बाटो धुले हो । एक चोटी सवारी साधन चलाउँदै गर्दा दस मिनेछ धुलो उड्छ । हामीले बनाएको संविधानले हाम्रो नागरिकलाई खासै सुविधा दिन सकेको छैन । बीचमा बाटो थिएन ट्र्याक खनियो । अब त्यसलाई कालोपत्रे गर्ने ठूलो चुनौति छ । त्यसको लागि संघीय र प्रदेश सरकारले आँखा लगाइदिए राम्रो हुने थियो । नेपालमा भनिएजस्तै ‘जसको लठ्ठी उसको भैंसी’ भने जस्तै अहिले हामीसँग लठी भएन । एक त हामी पश्चिमका मान्छे  भयौ । दोस्रो हामीसँग  राजनीतिक क्षमता कम भयो । त्यो कारणले चाहे जस्तो विकास गर्न सक्दैनौ । महामहिम राष्ट्रपतिले पश्चिममा आएर विकास गर्छु भनेर भाषण गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो । 

    तेह्रवटै वडाहरुमा बाटो पुगिसक्यो अब खाली पिच गर्न बाँकी हो ? 

    दुल्लु गनरपालिकाको वडा नम्बर १३ को ओल्लो छोउदेखि पल्लोछेउ पुग्नलाई स्टेट बाटो मात्रै १९. ५ किमिको छ । कुनै वडा छैन जहाँ स्टेट बाटो मात्रै १५ देखि २० किमिको दुरी नहोस् । त्यसैगरी हरेक वडामा ५० देखि ६० किमी बाटो छ । त्यो सबै कच्ची मात्रै हो । अर्को संघीय सरकारका चारवटा राजमार्गले हामीलाई छोएका छन् । सबै राजमार्गको हाल राजमार्ग जस्तो देखिँदैन । कर्णाली हाइवेयको २० किमि पिच होला हरु धुले छ । पुष्पलाल लोकमार्गको बाटो ग्राबेल मात्रै भएको छ । प्याउली–जुम्ला सडकको ट्र्याक खल्ने काम भएको छ, त्यसपछि सरकारले ध्यान दिएको छैन । संघीय सरकारले बनाउने भनेको सकड पनि विस्तार हुन सकेको छैन । यी यावत विषयलाई नियाल्दा हामीलाई प्राविधिक रुपमा समस्या छ । यसरी हेर्दा हिजो जसरी जनता समक्ष जान सकिएको थियो, आज त्यसरी जानसक्ने नैतिक आधार गुमेको छ । यति हुँदाहुँदै संघीय, प्रदेश र स्थानीय सरकारहरु मिलेर जनताको काम गर्ने अधिकतम प्रयास गरिएको छ । 

    प्रदेश र स्थानीय सरकारबीच खासै कोअडिनेसन हुँदैन भनिन्छ नि हो ? 

    प्रदेश र स्थानीय सरकारबीच कोअडिनेसन छैन भन्ने होइन । विकासका काम गर्न खोज्छ तर कार्यान्वयन हुन सकेका छैनन । जस्तो गत साल खोलिएको दैलेख जिल्लाको ७ वटा टेन्डरहरु कार्यान्वयन गर्न सकेको छैन । प्रधानमन्त्री कार्यालय मातहमा रहेको सार्वजनिक खरिद इकाइमा आएर फाइल अड्किएको छ । पहिला दैनिक जीवनमा खोलिएका सात वटा टेन्डरहरु सार्वजनिक विषयमा आएर फाइल अड्कि रहेको छ । हामीले एउटा ठेक्काको टुङ्गो लाउन सक्दैनौ भने त्यसमा जति खेर नेटबुक फरक हुन्छन् । त्यसहिसावले एक आर्थिक वर्षमा एउटा टेन्डर पनि पास गराउन सक्दैन भने के काम गर्नु ? त्यसको प्रदेश र स्थानीय सरकारबीचको कोअडिनेसन भन्दा पनि प्रदेश सरकारको काम प्रभावकारी हुन सकेको छैन । त्यो प्रदेश सरकारमा काम प्रभावकारी भएको छैन । ठेक्काकोे फाइलहरु टुङ््िगनसकेको छैन । हामी एउटा ठेकेदारको टुङ्गो लाउन सक्दैनौ भने कसरी विकास गर्छौं । जनताले कसरी विश्वास गर्छन् । 

    न्यायिक समितीमा कस्ता खालका मुद्दा आउँछन् ? 

    दिनमा दुई÷तीनवटा मुद्दाहरु आइरहन्छन्  । हामीकोमा सबै प्रवित्तिका मुद्दाहरु आउँछन् । छानविनको लागि न्यायिक समिति हुन्छ । त्यसको संयोजक उपमेयर हुनुहुन्छ । त्यो समितिले ती मुद्दाको छिनोफानो गर्ने काम गर्छ । 

    नितान्त राजनीति व्यक्ति संयोजक हुँदा निसाफमा राजनीति प्रभाव पर्दैन ? 

    राजनीति भनेको पनि विश्वास हो ।  न्याय भनेको पनि विश्वास हो । दुवैमा न्याय हुन्छ भने छैन । तर त्यसमा निष्पक्ष भनेर एक जना एललबी गरेको ओकिल नै राखेका छौं । त्यसैले राजनीति मान्छेले न्याय सही भयो भएन भनेर सुन्ने हो । तर, न्याय दिलाउने विधि, प्रक्रियामा वकिल नै राखिएकाले पाउनुपर्ने मान्छे न्याय पाउँछ भन्ने लाग्छ । त्यो हिसाबले न्यायलाई मनै नदिएर राजनीतिक मान्छेले त्यो कुरा सुन्नेहोला । 

    महिला हिंसाका मुद्दाहरु कत्तिको आउँछन् ?

    महिला र पुरुष दुवै हिंसाका मुद्दाहरु आउँछन् । हिंसा महिलाले पुरुषलाई पनि गरेका छन् । पुरुषले महिलालाई पनि गरेका छन् । यसलाई जलवयु परिवर्तनको असर भन्ने कि एक्काइसौं सताब्दीको उपलब्धि भन्ने । महिला वा पुरुष जसले गरेको भएपनि हिंसा भनेको हिंसै हो । घरेलु हिंसाका मुद्दा हामीले हेर्न पाइँदैन । हिंसा नै हो भने सोभैm अदालमै जानुपर्छ । यो सरकारवादी मुद्दा हो । हामीलाई स्थानीय सरकारले दिएको अधिकारलाई लिएर अगाडि बढ्ने भएकाले सबै हामीकोमै आउँछन् भन्ने छैन । केही हामीकोमा आउँछन् केही अदालत जान्छन् । 

    वडा अध्यक्षहरु नै ठेकेदार बनेर भ्रष्टाचार गरे भन्ने गुनासाहरु आउँछन् नि ? 

    आफैले आफैलाई राम्रो भन्नु भएन । दुल्लु नगरपालिकाको तेह्र वटामध्ये कुनै पनिमा त्यस्तो छैन । अन्य स्थानीय तहमा भएजस्तो दुल्लु नगरपालिकामा वडा अध्यक्ष नै ठेकेदार बनेर भ्रष्टाचार गरेको अवस्था छैन । यहाँका वडा अध्यक्षलगायत कुनै पनि जनप्रतिनिधिको डोजर, ट्याक्टर, टिप्पर छैन । सबै वडा अध्यक्षहरु विसुद्ध राजनीति व्यक्ति हुनुहुन्छ । राजनीति गर्दैमा व्यवसाय गर्न पाइँदैन भन्ने छैन तर, नगरको बजेटबाट कुनै पनि जनप्रतिनिधिले डोजर, ट्याक्टर व्यवसाय गरेका छैनन् । अर्को वित्तिय अनुसानको कुरा गर्दा कुनै पनि रकमान्तर गरेर संसोधनमा हालिएको छैन । विकास बजेट पारित गर्दा सबै जनप्रतिनिधि र उपभोक्ता समिति बसेर सर्वसम्मत ढंगले गछौं । ठग्ने भनेको एउटा डकुमेन्ट्री बनाएर अर्को डिपीआर बनाएर हो । दुल्लु नगरपालिकाले न डकुमेन्ट्री बनाउँछ, न डिपीआर बनाउँछ । 

    वडा अध्यक्षको कामबाट तपाई सन्तुष्ट हुनुहुन्छ ? 

    सन्तुष्ट हामीले लिनेहैन, सन्तुष्ट लिने जनताले हो । जनजतालाई कत्तिको चित्त बुझेको भन्ने हो । दुल्लु नगरपालिका एउटाबाहेक सबै आफ्नै वडा कार्यालयबाट चलेको छ । कर्णाली प्रदेशको एउटा स्थानीय तह हो जसले आफ्नै अस्पताल चलाएको छ । हामीसँग नौ वटा स्वास्थ्य चौकीहरु छन् । चारवटा सामुदायिक केन्द्रहरु छन् । तीवटा शहरी स्वास्थ्य चौकी छन् । तिनीमार्फत जनताललाई हामीले अधिकतम स्वास्थ्य सेवा प्रदान गरिरहेकै छौ । जनताले भने अनुसार गर्न सेकका छैनौ तर आधारभूत सेवा दिने कोसिस गरेका छौं ।

    चारवटा फयकल्टीमा मासिक चार हजार फि तिर्नेगरी सिटिभिटिको सम्बन्धमा प्राविधिक शिक्षालय सञ्चालन गरेका छौं । त्यसको लागि एक रुपैयाँ पनि धरौटी राख्नुपर्दैन । यहीं शैक्षिक सत्राबाट वन विद्यालयमा भर्ना सुरु गर्दैछौं । हामीले गर्नुपर्ने धेरै थियो । हामीसँग उपलब्ध सीमित साधन स्रोतलाई परिचालन गरेर काम गरिरहेका छौं । विकास निर्माणका काम गर्दा हामीले सर्वसम्मत ढंगले गरेका छौं । जनताको काम गर्दा हामीले कहिल्यै पनि पार्टी हरेका छैनौ । दुल्लु नगरपालिकामा कांग्रेसबाट जित्ने हामी पाँच जना छौं । नेकपाबाट जित्ने साथीहरु आठ जना हुनुहुन्छ । अहिलेसम्म हामीले विकास निर्माणको कुनै मतभेद बिना सर्वसम्म काम गरेका छौं । 

    चुनावका बेला जुन पार्टीको झन्डा लिएर लडेको भएपनि सबै एकजुट भएर काम गरेको अवस्था हो ? 

    जनप्रतिनिधि भएपछि म नेपाली कांग्रेसको कार्यकर्ता हुँ भन्ने हुँदैन । सबै नागरिकसामु सपथ खाएपछि  म सबैको प्रतिनिधि हुँ । नगरपालिकाको कार्यालय छिर्दा साझा भएर जाने हो । कार्यालयबाट बाहिर निस्किएपछि नेपाली कांग्रेसको कार्यकर्ता भएर निस्कने हो । अहिले दुल्लु नगरपालिकामा नेकपा, राप्रपा, जनमोर्चा, नेपाली कांग्रेस बसैको साझा मेयर हुँ । 

    प्रधानमन्त्रीले संसदै विघटन गर्नुभएको छ, स्थानीय तहलाई असर पर्दैन ?

    संघीय सरकार कस्तो बन्छ भन्ने कुरा जनताले देख्ने, बुझ्ने, सुन्ने र जनताको बीचमा जाने स्थानीय सरकार भएकाले हामीलाई कुनै असर पर्दैन । हरेक दिन सयदेखि दुईसयसम्म मुद्दाहरु नगरपालिकामा आउँछन् । ती विकास निर्माणदेखि जनजिविकाको सवालसँग जोडिएका हुन्छन् । जन्मेदेखि मृत्युसम्म स्थानीय निकायसँग जनता जोडिने भएकाले पनि स्थानीय निकायलाई खासै असर पर्दैन । हिजो विभिन्न बहाना र करोडौंको खेल भएर देशमा संघीयता आएको छ । त्योसँग स्थानीय निकायको खासै स्वार्थ पनि छैन । 

    अहिले प्रधानमन्त्रीले संसद् विघटन गर्नु उचित हो ?
     
    यो सही गलतभन्दा पनि नेकपाका साथीहरुलाई जनताले पाँच वर्षका लागि जनमत दिनुभयो । त्यसलाई सम्मान गरेर उहाँहरुले पाँच वर्ष शासनसत्ता चलाउनुपथ्र्यो । नेपालको इतिहास नै दूर्भाग्यपूर्ण भयो कि हामीले पाँच वर्षसम्मको सरकार पाउने अवसर बनेन । यो कदम असंवैधानिक हो भन्ने कुरा क्लियर हो । अब जनताले पाँच वर्षका लागि सरकार चलाउ भनेर दिएको अधिकारलाई म चलाउँन सक्दिँन भनेर भाग्नेलाई कसरी बुझ्ने हो त्यो जनताको जिम्मा हो । जसलाई दुईतिहाई मत दिएर पठाइएको छ, उसैले म सरकार चलाउदिँन भनेर छोड्छ भने त्यसैगरी बुझ्नुपर्‍यो । 

    त्यसोभए नेकपाले जनमतमाथि कुठाराघात गरेको हो

    त्यो सत्य हो । जनताले नेकपालाई पाँच वर्षको लागि मत दिएका वहुन् । तर, आफ्नै आन्तरिक कारणले उसले सरकार चलाउन नसकेर संसदै विघटन गरिदियो । जनताले नेपाली कांग्रेसले भन्दा केही राम्रो गर्छ कि भनेर विश्वास गरेका थिए । त्यसमा नेकपाले घात गर्‍यो । 

    राम्रो काम गर्नुभएको छ, फेरि चुनाव लड्नुहुन्छ ? 

    पहिला पनि साथीहरुले सर्वसम्मत रुपमा तपाईं लड्नुपर्छ भन्नुभयो र लडियो । फेरि पनि साथीहरुले तपाईं लड्नुपर्छ भनेर संर्वसम्मत रुपमा भन्नुहुन्छ भने लड्छु । त्यो पार्टीको विश्वासको कुरा पनि हो । तर, मलाई नै चाहिन्छ भन्ने पक्षमा छैन । किन भने मभन्दा धेरै अग्रज साथीहरु पनि छन् । पार्टीका साथीहरुले जुन पद दिनुहुन्छ त्यसमा लड्छु । आफ्नो पदअनुसार जनताको सेवामा समर्पित भएर लाग्छु । 

    राजनीति पेशा कि समाजसेवा ?

    राजनीतिक पेशा होइन, यो विसुद्ध समाज सेवा हो । पेशा भन्ने कुरा अरु चिज हो । राजनीतिलाई पेशाको रुपमा लिनु पनि हुदैन । यो समाज सेवाको उत्कृष्ठ व्यवस्थापन हो । अन्यू कुलुकलाई हेर्ने हो भने पूर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेताहरुले राजनीति जीवनबाट अवकास भएपछि आफ्नो व्यवसाय सुरु गर्नुहुन्छ । हाम्रो नेपालमा समृद्धि गर्छौैं भन्दै गर्दा हरेक नेताहरु राजनीतिलाई पेशाको रुपमा अगाडि बढारहेका छन् । 

    शुक्रवार, पौष २४ २०७७०५:३३:२१

    कालिका महत

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै