ओलीलाई अर्को संकट, महान्यायाधिवक्ताको पनि भिडियो बाहिरियो

ओलीलाई अर्को संकट, महान्यायाधिवक्ताको पनि भिडियो बाहिरियो

  • 9.3K
    SHARES

  • ओलीलाई अर्को संकट, महान्यायाधिवक्ताको पनि भिडियो बाहिरियो

    संविधानसभा अध्यक्ष सुवास नेम्वाङपछि महान्यायाधिवक्ता अग्नि खरेलको पनि विभिन्न विकल्पमा नगई संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानले गरेको अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएको छ ।

    सामाजिक सञ्जालमा आएको भिडियोमा उनले भनेका छन्, ‘बहुमत भयो ठीक छ । दुई पार्टी मिले त्यो पनि ठीक छ । दुई पार्टी मिलेन, ठूलो दलले पनि सरकार गठन गर्न सकेन । अब कहाँ जाने त रु एकैपटक संसद् विघटन गर्ने ? दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् भने फेरि मौका दिने । फेरि मौका दिँदा पनि तीस दिनभित्र विश्वासको मत हासिल गर्न सकेन भने त्यहाँनेर मात्रै चुनाव हुने अवस्था संघीय सरकार, संघीय संसद् र प्रादेशिक संसद्को हकमा पनि त्यही व्यवस्था गरेका छौँ ।’

    images

    खरेल ०६४ र ०७० मा संविधानसभाका सदस्य थिए । ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी २८ फागुन ०७४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले १७ महिनाअगाडि बोलेको यस्तै प्रकृतिको भिडियो सार्वजनिक भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    शनिवार, पौष २५ २०७७११:११:५९

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै