राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा बढेपछि थपियो सुरक्षाकर्मी, सैनिक अधिकारी असन्तुष्ट

राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा बढेपछि थपियो सुरक्षाकर्मी, सैनिक अधिकारी असन्तुष्ट

  • 5.2K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा बढेपछि थपियो सुरक्षाकर्मी, सैनिक अधिकारी असन्तुष्ट

    सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा खतरा रहेको निश्कर्ष निकालेको छ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमाथि सुरक्षा खतरा रहेको निश्कर्ष निकाल्दै सुरक्षाकर्मी समेत बढाएको छ । 

    यसअघि नेपाली सेनाका कर्णेलको नेतृत्वमा प्रधानमन्त्री ओलीको सुरक्षामा ५० जना भन्दा बढी नेपाली सेनासहितको टोली परिचालित हुने गरेको थियो ।

    images

    पछिल्लो राजनीतिक घटना क्रमसँगै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रम सहभागी हुन थालेपछि भैरबनाथ गणबाट थप २५ जना प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् ।

    प्रधानमन्त्री सहभागी हुने सार्वजिनक कार्यक्रमस्थमा यसअघि सादा पोशाकका सुरक्षार्की मात्र खटाइने गरेपनि अब भने हतियारसहितका सुरक्षाकर्मी उपस्थित हुने छन् ।

    यस्तै अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलागेसम्म राष्ट्रपति भण्डारीलाई शितल निवास बाहिर नजान सुरक्षा अधिकारीहरुले सुझाव दिएको बताइएको छ ।

    यसैबीच प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पटक पटक भेटवार्ता गरेका छन् ।

    यसअघि प्रधानसेनापतिले साप्ताहिक रुपमा नियमित भेटघाट गर्ने गरेपनि पछिल्ला दिनहरुमा दोस्रो तहका अधिकारीहरुसहित प्रधानमन्त्री ओलीसँग भेटघाट बढाएका हुन् ।

    प्रधानसेनापति थापाले प्रधानमन्त्री ओलीसँग भेटघाट बढाएसँगै बढुवाको लाइनमा रहेका दोस्रो तहका सैनिक अधिकारीहरुले असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

    शनिवार, पौष २५ २०७७०१:०२:५६

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै