भद्दा गीतबाट छिट्टै भाइरल हुनुभन्दा राम्रो शब्दका गीतबाट स्थापित हुन चाहान्छु : सामना शाह

भद्दा गीतबाट छिट्टै भाइरल हुनुभन्दा राम्रो शब्दका गीतबाट स्थापित हुन चाहान्छु : सामना शाह

  • 1.1K
    SHARES

  • भद्दा गीतबाट छिट्टै भाइरल हुनुभन्दा राम्रो शब्दका गीतबाट स्थापित हुन चाहान्छु : सामना शाह

    जाजरकोटमा जन्मिएकी सामना शाह स्थापित गीतकार हुन् । गीत लेखनमा ओझिला शब्द छनोट गर्न खप्पिस उनी ‘सामना म्युजिक क्रियसन’की सञ्चालिका पनि हुन् । लोकदोहोरीलाई रुचाउने उनीले अन्य गीतमा पनि कलम चलाइसकेकी छन् । भद्दा गीतबाट छिट्टै भाइरल हुनुभन्दा राम्रो शब्दमा सजिएका गीतबाट स्थापित हुन चाहान्छिन् । उनै गीतकार सामनासँग कालिका महतले गरेको कुराकानी :

    अहिले केमा व्यस्त हुनुहुन्छ ? 

    images

    गीत लेखनमा व्यस्त छु । एउटा गीत बजारमा आइसकेको छ । अर्को गीत छिट्टै निकाल्ने सुरसारमा छु । 

    आफ्नै म्युजिक कम्पनी पनि छ ? 

    मेरो सामाना म्युजिक क्रियसन प्रा. लि. नामक कम्पनी छ । यसबाट विभिन्न अवार्डको कार्यक्रम पनि सञ्चालन हुन्छ । त्यसैबाट युटुब च्यानल पनि चलाएकी छु । 

    सामना म्युजिक क्रियसनबाट अवार्डका कार्यक्रम गरिसक्नुभएको छ ? 

    पहिलो राष्ट्रिय सभा गृहमा भइसकेको हो । अब दोस्रोको कार्यक्रमको तयारी मा जुटिरहेकी छु । 

    यो कहिलेतिर गर्नुहुन्छ ? 

    यहीं दिन गर्ने भनेर मिति नै टुंगिइसकेको छैन । फागुनतिर गर्ने सोचमा छु । 

    हाल तपाईंले सिर्जना गर्नुभएको गीत बजारमा आइएको छ ? 

    भर्खरै मैले लेखेको गीत बजारमा आइसेकेको छ । त्यो गीत मेरोसामाना म्युजिक क्रियसन प्रा.लि.द्वारा सञ्चालित युटुबबाट सांगीतिक बजारमा आइरहेको छ । 

    भर्खरै बजारमा आएको गीत कुन हो ?

    ‘पानी पाएपछि’ नामक गीत हो । यसमा सर्वाधिक रुचाइएको मिठो स्वरकी धनी विष्णु माझी र भागीरथ चलाउनेको स्वर सजिएको छ भने संगीत भागीरथ चलाउनेको रहेको छ ।  त्यसैगरी भिडियोमा अन्जली अधिकारी र केशब श्रेष्ठको अभिनय रहेको छ । 

    तपाईंका  कतिवटा गीत बजारमा आइसक्यो ?

    अहिलेसम्म लगभग १५ वटा गीत बजारमा आइसक्यो । तीमध्य मलाई सबैभन्दा राम्रो लागेको गीत विष्णु माझीले स्वर दिएको  नै राम्रो भइरहेको छ । 

    विष्णु माझी तपाईका कति गीत गाउनुभयो ? 

    उहाँले दुईवटा गीतमा स्वर दिनुभएको छ । ती दुवैमा  अत्यन्तै राम्रो छ । अझै अर्काे गीतमा विष्णु दिदीको स्वरमा हुने तयारी भइरहेको छ । 

    साहित्य सिर्जनामा कसरी आकर्षित हुनुभयो ? 

    सबैभन्दा ठूलो कुरा इच्छा शक्ति हो । मनदेखि यो काम गर्छु भन्ने आँट मान्छेमा हुनुपर्छ । आँफूले भित्री मनबाट निख्रिएर लागेपछि सफल नहुने कुरै हुँदैन । खासगरी म झमक कुमारी घिमिरेको लेखनबाट प्रभावित भएकी हुँ । उहाँका किताबहरु पढेपछि मलाई पनि साहित्य सिर्जनामा रुचि जागेको हो । फेरि म पहिलादेखि गीतसंगीत रुचाउने मान्छे । त्यसमा गायन र अभिनय भन्दा गीत खेल्ने रुचि जागेर यतातिर आकर्षित भएकी हुँ । 

    समाजले सर्जकलाई कत्तिको सकारात्मक रुपले हेरेको पाउनुहुन्छ ?  

    सबैभन्दा ठूलो कुरा लेखक नै हो । लेखक बिना सिर्जना बिना सांगीतिक क्षेत्रमा केही गर्न सकिँदैन । उचित शब्द छनोट गर्न त्यति सजिलो छैन । गीत सुन्दा जति सुन्दर लाग्छ, त्यसको शब्द छनोट गर्न त्यति गाह्रो हुन्छ । त्यसैले गीत कति राम्रो छ भन्ने कुरा शब्द छनोट र लयमा भरपर्छ । 

    गाउने, नाच्नेहरु पर्दामा देखिन्छन्, लेखकहरु ओझेलमा परेका छन् नि ?

    ठिक भन्नुभयो, लेखकहरु जो सिर्जना गर्छन् । उनीहरु सधैं पर्दा पछाडि नै पर्छन् । उनीहरुको पाटो भनेको लेख्ने मात्र हो, पर्दामा सजिएर देखिँदैनन् । हेर्ने, सुन्नेले लय शब्द र स्वर सबै कुरा खोजेका हुन्छ । 

    पानी पाएपछि आफ्नै लगानीमा गर्नुभएको हो ? 

    नितान्त आफ्नै लगानीका निकालेकी हुँ । त्यसको प्रोड्युसर नै मै हो । 

    कस्तो खालको शब्दहरुलाई समेट्नु भाको छ ?
     
    यस गीतमा छुट्नै नसक्ने प्रेपी, प्रेमिका कथा समेटिएको छ । प्रेमिका एक्कासी बिरामी हुन्छे । अनि प्रेमीले धामी, झाक्रीदेखि अस्पतालसम्मको उपचार गर्छ । त्यसै क्रममा प्रेमिकाले मलाई धामी, झाक्रीदेखि अस्पतालको उपचार चाहिँदैन, “तिम्रै हातबाट पानी पाएपछि डक्टर वैध चाहिन्न मलाई, आउन सानो आउन म सन्चो भइहाल्छु”,  त्यहिं सन्देश यो गीतमा समेटिएको छ । 

    आफ्नो जीवनसँग जोडेर लेख्नुभएको हो ? 

    यो गीतको म आफै सर्जक हुँ । मेरो जीवनसँग पनि मेल खान्छ । मैले गीत लेख्दा त्यो गीतमा पात्र बनेर सम्झन्छु । त्यस्तै पात्र यो गीतमा आफैं हुँ । 

    सिर्जना गर्दा आफूलाई त्यसमा उभ्याउनुपर्छ ? 

    हो, आफूले आफैलाई म नै त्यो पात्र हु्ँ भन्ने महसुस गर्नुपर्छ । अनि मात्र सही सिर्जना हुन्छ । 

    भविष्यको पेसा गीत नै हो ?
     
    गीत लेखन मात्रै मेरो पेशा हैन । मैले सामाना म्युजिक क्रियसन पनि सञ्चालन गरेकी छु । ,यो बाहेक अरु काम पनि गर्छु । 

    लगानी कहाँबाट आउँछ ? 

    चाहाना भएपछि लगानी आइहाल्छ । सबै कुरामा मेरो परिवारको सर्पाेट छ । परिवारको सपोर्ट  बिना सफल कुनै काममा सफल हुन सकिँदैन । यो गीत निकाल्न मेरो ममी सीता शाहको लगानी हो । 

    छोरीले गरेको काम प्रति खुसी हुनुहुन्छ ? 

    मोडलिङ गर्दा अलि रुचाउनुभएको थिएन । अनि मैले पनि त्यसलाई ट्वाट्टै छोडिदिएँ । गीत सिर्जना र लेखनमा राम्रो पारिवारिक साथ सहयोग पाएकी छु । परिवारका सबै खुसी हुनुहुन्छ । 

    कस्ता गीत बढी लेख्नुभएको छ ?

    मैले लोक पप, आधुनिकहरु पनि लेखेको छु । गजल गीत पनि लेखेकी छु । लोकदोहोरी पनि लेखेकी छु । 

    Samana_Photo.jpg

    कलाकारहरु क्षणिक भाइरलको पछि लागेका छन् के भन्नुहुन्छ ? 

    क्षणिक भाइरलकै कुरा गर्ने हो भने त सबैभन्दा धेरैले हेर्ने ‘ब्लु फिल्म होला नि ? बाहिर आदर्शका छाँटेर लुकीलुकी हेर्ने त्यहीं होला । मेरो त्यो खालको गीत हुँदैन । ट्रेडिङमा गयो भाइरल भयो भन्दैमा गीत राम्रो भइहाल्छ भन्ने छैन । भलगर शब्द  प्रयोग गरेर म गीत लेख्दिँन । सस्तो लोकप्रियताले भाइरल हुनुभन्दा सभ्य र राम्रा शब्द पस्किएर समाजलाई सन्देश दिनु उपयुक्त हो । भ्युज बढे नि नबढे नि मलाई कुनै फरक पर्दैन । भलगर शब्दले लाखौ भ्युजभन्दा सभ्य शब्दमा हजार भ्युज आउनु राम्रो ।   

    पछिल्लो समय संगीत क्षेत्र विकृतितिर उन्मुख भएको छ नि ? 

    कलाकारहरुले आफ्नो महत्व बुझ्न नसकेर त्यस्तो भएको हो ।   फेरि बजारमा आउजस्तो वास्तविकता होइन । सबै भन्दा ठूलो कुरा आफूले आफूलाई चिन्ह सक्नुपर्छ । आफूदेखि नै परिवर्तन गर्नुपर्छ । 

    अहिले त टिकटक संगीत स्कुल बनेको छ नि ? 

    यो अहिले चलिराखेकै ट्रेन्ड हो । तर, त्यो कति उचित हो भन्ने कलाकारहरुले छुट्ट्याउने हो ।

    नयाँ अनुहारको नाममा टिकटकेलाई स्थान दिँदा स्थापित कलाकारहरु ओझेलमा परेनन् ? 

    धेरै स्थापित, गायक, गायिका, मोडलहरु मारमा परेका छन् । कतिपय वरिष्ठ कलाकारहरु नै त्यसैको पछि लागिरहेको पाइन्छ । त्यस्तै हो भने व्यवसायिक कलाकारहरु विस्तारै विस्तापित हुने अवस्था नआउला भन्न सकिन्न । 

    पेशागत मर्यादा चिन्ह नसकेर यस्तो भएको हो ? 

    यसले वषौं लागेका कलाकारहरुलाई एकदमै मार परेको छ । फेरि त्यसलाई महत्व दिने हामी कलाकार नै हौं । यो सबै डाइरेक्टर, प्रोड्युरले गर्दा यस्तो भएको हो । यस्तै हो भने लोकदोहोरी क्षेत्र पतन हुन बेर छैन । 

    गाएन क्षेत्रमा स्वर राम्रो भए पुग्छ अरु केही चाहिदैन ? 

    सबैभन्दा ठूलो कुरा गाएनमा स्वर नै हो । त्यसलाई माझ्नको लागि सिकाइ पनि आवश्यक छ । 

    सङ्गीत क्षेत्रमा लागेका नयाँ पुस्तालाई के भन्नुहुन्छ ? 

    भाइरलभन्दा पनि आफूले कति गर्न सक्छु भन्ने ठूलो कुरा हो । यो क्षेत्रमा लाग्न त्यतिसजिलो पनि छैन । स्थापित हुनसक्नुपर्छ । 

    शनिवार, पौष २५ २०७७०३:४२:५२

    कालिका महत

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै