शनिवार, पौष २५ २०७७
काठमाडौँ
विशेष गरी राजनीतिक पार्टीहरुले कुनै पनि प्रदर्शन तथा आमसभा गर्दा जनमत आफ्नो पक्षमा पार्नको लागि गर्छन् र केही प्रभाव पार्छन् पनि । तर आज नेपाली काँग्रेसले सरका विरुद्ध देशव्यापी प्रदर्शन गर्दै गर्दा राजधानमा भने एउटा फरक दृष्य देखियो ।
बैदेशिक रोजगारको व्यवसाय गर्नेहरुको संस्था बैदेशिक रोजगार व्यवासायी महासंघका पूर्व अध्यक्ष हंशराज वाग्ले प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
काठमाडौंको जय बागेश्वरीस्थित गोल्डेन लाईट पार्टी प्यालेसमा नेकपाको सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनालले पार्टी प्रवेश गराए ।
नेपाली काँग्रेस निकट रहँदै आएका वाग्ले जस्ता व्यक्तिहरुको आगमनले पनि नेकपा जनतामा कति लोकप्रिय छ भन्ने थाहा हुन्छ भनेर खनालले बोलेका थिए भने आफूले पुरातनवादी सोच भएको शक्तिबाट जनताको परिवर्तनको आकांक्षा पुरा हुन नसक्ने देखेर नै आफू अग्रगमनको युद्धमोर्चामा सहभागी हुन नेकपा प्रवेश गरेको बताए ।