नेपालमा हिन्दुवादी उचाल्दै भारत, ओलीको सत्ता टिकाउँन मुख्य हात

नेपालमा हिन्दुवादी उचाल्दै भारत, ओलीको सत्ता टिकाउँन मुख्य हात

  • 595
    SHARES

  • नेपालमा हिन्दुवादी उचाल्दै भारत, ओलीको सत्ता टिकाउँन मुख्य हात

    काठमाडौं । नेपालबारे जानकार मानिने भारतीय कुटनीतिज्ञ एस डी मुनीले नेपालको आन्तरिक मामिलामा भारतले सावधानीपूर्वक र चलाखीपूर्ण तरिकाले कार्ड खेलिरहेको बताएका छन् ।

    नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् ।

    images

    साथै उनले नेपालको सन्दर्भमा भारतले तत्कालका लागि रणनीतिक उपलब्धि हासिल गरेको पनि दावी गरेका छन् । यस पटक सत्ता सञ्चालनमा अस्थिरता उत्पन्न हुँदा प्रधानमन्त्रीले पहिले झैँ भारतलाई दोषारोपण नगरेकोमा पनि आफूहरुको उपलब्धिको रुपमा एस डी मुनीले व्याख्या गरेका छन् ।

    यस्तै भारतले यस क्रममा होसियारीपूर्वक र चलाखीपूर्वक रुपमा नेपालमा रणनीतिक उपलब्धि हासिल गरेको उनले दावी गरेका छन् । मुनीले आफ्नो लेखमा ओलीविरोधी शक्तिहरुले उनलाई हटाउन खोज्दा हतास भएका ओलीको सत्ता टिकाउन भारतले सहयोग गरेको पनि जिकिर गरेका छन् ।

    भारतीय स्वतन्त्रता दिवसमा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दा सकारात्मक रुपमा रेस्पोन्स गरेको र सेना प्रमुख, रअ प्रमुख, विदेश सचिवहरुको क्रमश नेपाल भ्रमणको प्रसंग जोड्दै ती सबै भ्रमणहरु ओलीको आन्तरिक कलहका बीच नै सम्भव भएको पनि उनले उल्लेख गरे ।

    यी गतिविधिहरुबाट भारतले आफ्नो तात्कालिक र रणनीतिक लक्ष्य हासिल गरेको छ, मुनीले लेखेका छन् । यस्तै उनले ओलीको अवसरवादी र राजनीतिक रुपमा भारतविरोधी राष्ट्रवाद पनि उजागर भएको दावी गरेका छन् । साथै कम्युनिस्ट पार्टीको एकता र प्रभुत्व भत्किँदा यसको संरक्षकको रुपमा चीन लज्जित भएको पनि उनले आरोप लगाएका छन् ।

    तर भारतले भने नेपालमा पछिल्लो समय फालिएका राजाको नेतृत्वमा आन्दोलित हिन्दूवादी शक्तिहरुलाई मलजल गरिरहेको पनि मुनीको दावी छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा यो समाचार छ ।

    आइतवार, पौष २६ २०७७०९:४३:४८

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै