आइतवार, पौष २६ २०७७
रञ्जन भण्डारी, महोत्तरी
जलेश्वर उद्योग वाणिज्य संघले २५ औ साधारण सभा शनिवार सम्पन्न गरेको छ । लामो समय देखि साधारण सभा गराउन नसकेर स्थानिय व्यापारीहरुले आलोचना गर्ने गरेकोमा अन्तत जलेश्वर उद्योग वाणिज्य संघले साधारण सभा सम्पन्न गर्न सकेको हो ।
एउटै कार्यकाल लामो समयसम्म चलिरहदा व्यापारीहरुको व्यापक आलोचना र गुनासो हुदै आएकोमा अव भने जलेश्वर उद्योग वाणिज्य संघले नयाँ कार्यसमिति पाउने पक्का पक्की भएको छ । पौष २६ गते नोमिनेशन र माघ ३ गने निर्वाचन मिति तोकिएकोमा साधारण सभा सम्पन्न भए लगतै निर्वाचनको बाटो खुलेको हो ।
संघका वर्तमान अध्यक्ष कृपा शंकर साहको अध्यक्षता,जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्रको प्रमुख आतिथ्य र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साहको विशेष आतिथ्यमा साधारण सभाको खुल्ला सत्र सम्पन्न गर्दै अध्यक्ष साहले आफ्नो कार्यकालमा जलेश्वरको व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न कामहरु गरेको वताउदै भुलवस नचाहदा नचाहदै कुनै व्यवसायी वा संघमा आवद्ध कसैको चित्त दुखेमा क्षमा गर्दै संघलाई थप उर्जाका साथ व्यापारीहरुको हकहितमा अगाडी वढाउन आग्रह गरे । उनले एउटा चटाई(भुईमा ओछ्याउने ओछ्यान)मा वसेर सुरु भएको संघ आज आफ्नै भवनमा रहेर साधारण सभा समेत यसैमा गर्न सक्नु उपलब्धी रहेको वताए ।
यता जलेश्वर नगरपालिकाका मेयर मिश्रले संघलाई थप भवन निर्माणको लागि नगरपालिकाबाट १५ लाख आर्थिक सहयोग गर्ने वताए । उनले सहज वातावरणमा संघको निर्वाचन सम्पन्न गरि यहाको व्यापार व्यवसायलाई उचाईमा पुर्याउन सवैको सहयोग अपरिहार्य रहेको वताए । उनले जलेश्वर नगरपालिकाले सदैव यहाको व्यापार व्यवसायको उत्थान र विकासमा सहयोगी भुमिका निर्वाह गरिरह्ने वताए ।
पत्रकारिता पुरस्कारबाट भण्डारी सम्मानित :
जलेश्वर उद्योग वाणिज्य संघले २५ औ साधारण सभामा पत्रकारिता पुरस्कारबाट जलेश्वरका वरिष्ट पत्रकार दशरथ भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको छ । पत्रकारितामा आफ्नो जिवनको लामो समय खर्चेका भण्डारी नेपाल पत्रकार महासंघको संस्थापक सचिव तथा पुर्व अध्यक्ष रहि सकेका छन । जलेश्वरबाट प्रकाशित हुने भूमि साप्ताहिक र महोत्तरी टाईम्स दैनिकका प्रकाशक तथा प्रधान सम्पादक समेत रहेका भण्डारीलाई महोत्तरीका नव पत्रकारहरुले महोत्तरी पत्रकारिताको पिता भनेर सम्बोधन गर्ने गरेका छन ।
अझै पत्रकारितामा सकृय भण्डारीलाई महोत्तरीको पत्रकारिताको विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको र आफ्नो सम्पुर्ण जिवन नै पत्रकारितामा समर्पित गरेको भनि जलेश्वर उद्योग वाणिज्य संघले उनलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
वरिष्ट पत्रकार भण्डारीले वि.सं. २०३५ सालमा काठमाडौंबाट प्रकाशित हुने नवरस साप्ताहिकबाट सुरु गरेको आफ्नो पत्रकारिता यात्रा अझै नथाकी निरन्तर सकृय छन ।
वयोवृद्ध व्यापारी समेत सम्मानित :
यता उद्योग वाणिज्य संघले लामो समय देखि जलेश्वरको व्यापार व्यवसायमा उल्लेख्य योगदान पुर्याएका वयोवृद्ध व्यापारीहरुलाई समेत सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा योगन्द्र साह,राजकिशोर(नव्वा ) साह,पशुपतिनाथ गुप्ता,ईन्द्रराज प्रसाद सिंह,वैजनाथ साह र सिमा देवी रहेका छन ।