ओलीको साइबर सेनाले ममाथि आक्रमण गर्यो : भीम रावल

ओलीको साइबर सेनाले ममाथि आक्रमण गर्यो : भीम रावल

  • 4.1K
    SHARES

  • ओलीको साइबर सेनाले ममाथि आक्रमण गर्यो : भीम रावल

    नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको आरोप लगाए ।

    ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत रावलको भनाई छ । रअका प्रमुखसंग मध्यरातमा भेटर प्रधानमन्त्री ओली घोषणा पत्र र पार्टीबाट भागेको रावलले बताए । ओलीले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको पनि रावलले बताए । प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने रावलको भनाई छ ।

    images

    फरक प्रसंगमा रावलले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप लगाएरु केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको बताए । ३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उनको भनाई छ ।

    आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पारेका छन् ।

    रबिन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की

     विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले धम्काएका छन् । ओलीको आलोचना गरेको भन्दै रिमालले सामाजिक सञ्जालबाटै धम्काएका हुन् ।

    ‘सीमामा बस्न’ भन्दै रिमालले ट्वीटरमा मिश्रलाई धम्की दिएका हुन् । यो कदमको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

    प्रधानमन्त्री पद दान हो र छाड्ने : ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले छाड् भनेर प्रधानमन्त्री पद छाड्ने विषय नभएको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री पद दान नभएकाले कसैलाई दिन या छाड्न नसकिने टिप्पणी गरे ।

    ‘प्रधानमन्त्री पद दान हो र छाड्ने १’ ओलीले भने, ‘कमण्डलु थापेपछि पाइने चीज हो र प्रधानमन्त्री पद १’ नेकपा अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै ओलीले कसैका लागि प्रधानमन्त्री पद छाड्न नसकिने बताए । उनले प्रधानमन्त्री बन्नका लागि चुनाव लडेर आउन चुनौती दिए ।

    आफूले कर्तव्यबोधका साथ मध्यावधि चुनाव घोषणा गरेको दाबी गरे । उनले भने, ‘मैंले गल्ती गरेको भए जनताले दण्ड देलान् नि ।’ उनले चुनावी मैदानमा आएर देखाउन आफ्ना विरोधीहरुलाई चुनौती दिए ।

    प्रतिनिधिसभा बिघटन आफ्नो वाध्यता भएको ओलीको भनाई थियो । उनले भने, ‘धेरै प्रयास गरेँ सरकार पाँच वर्ष टिकाउन । अलोकतान्त्रिक लेनदेन, जालझेल र गठजोडका कारण ताजा जनादेशमा जानुपर्यो ।’ प्रतिनिधिसभा बिघटन संविधानसम्मत भएको जिकिर गर्दै संविधान पढ्न आग्रह गरे । उनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई समेत धम्की दिन खोजिएको टिप्पणी गरे ।

    आइतवार, पौष २६ २०७७०२:३०:२८

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै