नेपालमा चिनियाँ कम्युनिष्ट पार्टीको टोलीको नाङ्गो दौडाहा बढ्यो

हिन्दू ऐतिहासिक मकबरालाई पाकिस्तानीद्वारा ध्वस्त, पाकिस्तानमा हिन्दू-बौद्ध, ईसाई,अहमदिया सबै असुरक्षित ! - सिद्धार्थ गौतम

हिन्दू ऐतिहासिक मकबरालाई पाकिस्तानीद्वारा ध्वस्त, पाकिस्तानमा हिन्दू-बौद्ध, ईसाई,अहमदिया सबै असुरक्षित ! - सिद्धार्थ गौतम

  • 421
    SHARES

  • हिन्दू ऐतिहासिक मकबरालाई पाकिस्तानीद्वारा ध्वस्त, पाकिस्तानमा हिन्दू-बौद्ध, ईसाई,अहमदिया सबै असुरक्षित ! - सिद्धार्थ गौतम

    नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले इस्लामिक रिपब्लिक अफ पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा रहेको हिन्दूसन्त श्रीपरमहंसजी महाराजको ऐतिहासिक मकबरालाई सरकार समर्थीत मुसलमानहरुले ध्वस्त पारेको बताएका छन्। यस गम्भीर घटना प्रति विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराउँदै गौतमले यस प्रकारका घटनाले पाकिस्तान बाहिर का मुस्लिमहरु पनि सुरक्षित रहन सक्ने स्थिति नरहेको प्रष्ट पारेका छन् । 

    हिन्दू मन्दिरहरुको तोडफोडका साथै बौद्ध र ईसाई,अहमदिया मुस्लिम धर्मावलम्बीहरुमाथि दोस्रो दर्जाको व्यवहार, दमन गरेर पाकिस्तानी इस्लामिक सरकारले आफ्नो मानवताविरोधी रुप उदांग पारको छ। उनले भने, 'पाकिस्तानी सरकारको आतंकवादी रवैयाको घोर भर्त्सना गर्दै यस्ता कार्य तत्काल रोक्न चेतावनी दिन चाहन्छु । हिन्दू राजा-राजसंस्था चाहिन्छ भनेर मांग गर्नेहरु तथा हिंदू हृदय सम्राट ज्ञानेन्द्र शाहज्युको मौनताको रहस्य के होला रु पाकिस्तानमा हिन्दु-वौद्ध माथि मुस्लिम आततायीद्वारा बर्बरतापूर्ण आक्रमण हुँदा बोल्न पर्दैन ?'

    images

    इस्लामिक रिपब्लिक अफ पाकिस्तान सरकारको आतंकवादी एजेन्सी आईएसआईद्वारा हालै बलुचिस्तानकी लोकप्रिय प्रजातान्त्रिक नेतृ करिमा बलोचको क्यानाडामा गरिएको कायरतापूर्ण हत्याप्रती गहिरो क्षोभ व्यक्त गर्दै गौतमले सरकारी आतंकवादका विरुद्ध प्रजातान्त्रिक अधिकारका पक्षमा करिना बलोचको हत्यालाई अस्विकार गर्नुपर्ने माग गरेका छन् !

    प्रेसिडेन्ट गौतमका अनुसार प्रजातन्त्रमा विस्वास गर्ने विश्वसमुृदाय विरुद्ध पाकिस्तानी सरकारी आतंकवादको वर्वतापूर्ण आक्रमणको श्रृंखलाको यो कडी हुने भन्दै त्यस्तै, स्वीडेनमा पनि गरिएको त्यस्तै प्रकारको हत्याको निन्दा र विरोध गरेका छन् ।  त्यसैगरी फ्रान्समा मच्चाईएको आतंकवादी तान्डवले इस्लामिक आतंकवादी र पाकिस्तानी सरकारको अनुहार उदांगो पारेको समेत बताए ।

    प्रजातन्त्र, मानवअधिकार एवं अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध मुस्लिम आतंकवाद र कम्युनिष्ट आतंकवादले हात मिलाउन थालेकोप्रति प्रजातान्त्रिक विश्व समुदाय कठोर बन्नुपर्ने वेला आएको छ। उनले भने, इस्लामिक आतंकवादलाई वलपुर्याउन कम्युनिष्ट चीनले पाकिस्तानलाई हातहतियारदेखि थुप्रै कुरामा सहयोग गरिरहेको देखिन्छ ।

    गिलगित बाल्टिस्तान क्षेत्रमा पच्चीस सय वर्षअघिको ५ हजार वौध्द शिलालेख, कलाकृतिले सम्पन्न सिँगो गाँउ नै डुबाउने गरी दियामरभाशा बाँध बनाउनु इस्लामिक कम्युनिष्ट सहकार्य भएको स्पष्टै भएको बताउदै विश्वबौद्ध समुदायले यस कार्यको निन्दा गर्दछ र यसलाई तत्काल रोक्न चेतावनी दिने र आतंकवादलाई बलियो बनाएर प्रजातन्त्रीक विश्वलाई क्षति पुर्याउन अन्तिम लक्ष्यका साथ मुस्लिम कम्युनिष्टबीच भएको यसप्रकारको हातेमालो विश्वका निम्ति ठूलो चुनौती बन्दै गएको बताए । आतंकवादको कुनै राष्ट्र वा धर्म हुदैन यो कुरो विश्वले बुझ्नुपर्ने गौतमको जिकिर छ ।

    गौतमका अनुसार कम्युनिष्ट चीनले १० लाखभन्दा बढी विगर मुस्लिमहरुलाई एक प्रकारको कैदमा राखेर भीषण दमन गरिरहेको अवस्थामा त्यसलाई अनदेखा गरेर इस्लामिक रिपब्लिक अफ पाकिस्तानले कम्युनिष्ट चीनसँग सहकार्य गर्नु विश्व इस्लामिक समुदायलाई के मैसेज दिन चाहन्छ र धर्म-संस्कृति विरोधी कम्युनिष्ट चीनले पाकिस्तानी इस्लामिक आतंकवादी सरकारलाई सहयोग गर्नु चीन-पाकिस्तान आतंकवादीको अपरेशन प्रोजेक्ट्स अन्तर्गत नै भएको ठोकुवा गरे ।

    यसबाट मानव सभ्यताले भोग्नुपर्ने खतरा र चुनौतीलाई ध्यानमा राख्दै प्रजातन्त्र-मानवअधिकारप्रेमी विश्व समुदायले यस इस्लामिक-कम्युनिष्ट आतंकवादी गठबन्धन विरुद्ध अगाडि आउन हार्दिक अपील गर्दै इस्लामिक तथा कम्युनिष्ट आतंकवादलाई विश्वबाट निर्मूल पार्न अव ढिला गर्न नहुने बताए । 

    हङकङ तथा तिब्बती जनताको स्वतन्त्रताको आकान्छा प्रति नेपाली जनताले पूर्ण एक्यबद्धता र समर्थन जनाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको बर्बरताको कडा विरोध गर्ने बताउदै कम्युनिस्ट चीनले स्थापित प्रजातन्त्रिक व्यवस्थालाई आफ्ना पिठ्ठु कम्युनिष्टहरुको कब्जामा पार्ने र उनीहरु मार्फत शासन गर्ने उद्देश्यले नेपालमा राजनैतिक हस्तक्षेप निरन्तर गर्दै आईरहेको जनाए ।  हालका दिनहरुमा यो क्रम अझ तीव्र पारिएको पनि बताए ।

    नेपाली कम्युनिष्टहरुलाई बर्बरताको खुला तालीम दिँदै आएको र चिनियाँ कम्युनिष्ट पार्टीकी नेपालका लागि राजदूत होउ यान्छीको अत्यन्त निर्लज्ज तरीकाले नेपालको राजनीतिमा गम्भीर हस्तक्षेप तीव्र मात्र भएको छैन, चीनका रक्षमन्त्री (मिलिट्री मैन) लगाएत चिनियाँ कम्युनिष्ट पार्टीको टोलीको नाङ्गो दौडाहा पनि बढेको समेत बताए ।

    प्रेसिडेन्ट गौतमले सम्पूर्ण कूटनीतिक मर्यादा र लोकलाजलाई वेवास्ता गरेर चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको राजनीतिमा गर्न खोजेको यो नाङ्गो हस्तक्षेप अब नेपालीले बर्दाश्त गर्नेवाला छैनन् भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठनका रुपमा काम गर्ने नेपाली कम्युनिस्टहरूको कब्जामा नेपाललाई पुर्याएर अधिनायकवादी शासन चलाउने कुत्सित उद्देश्यले मात्र प्रेरित नभई अन्ततः नेपाललाई आतंकवादकै एउटा केन्द्र बनाउने घृणित मनसायबाट पनि प्रेरित रहेको बताए । नेपाली जनता यस गतिविधिको तिव्र भर्तसना गर्दै कम्युनिष्ट चीनलाई तत्काल यस्ता कार्य बन्द गर्न चेतावनी दिने पनि जनाए । 

    साथै, कम्युनिष्ट विरुद्ध एकजुट हुन नेपालका प्रजातन्त्रवादी मानवअधिकारवादी साथै विश्वसमुदायलाई पनि कम्युनिष्ट चीनको षड्यन्त्रलाई परास्त गर्न एकजुट हुन अनुरोध समेत प्रेसिडेन्ट गौतमले गरेका छन् 

    मंगलवार, पौष २८ २०७७१२:३५:३३

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै