हातहतियार सहित पक्राउ 

हातहतियार सहित पक्राउ 

  • 301
    SHARES

  • हातहतियार सहित पक्राउ 

    बाजुरा, बडिमालिका नगरपालिका-३ रजालीबाट ३ नाल भरुवा बन्दुक,भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बडिमालिका नगरपालिका-३ बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने ल्वार, सोही नगरपालिका-८ बस्ने ३० वर्षीय बल बहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

    images

    धादिङ,ज्वालामुखी गाउँपालिका-५ बागखोलास्थित जंगलबाट १ नाल भरुवा बन्दुक सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा बन्दुक पड्केको आवाज आएपछि प्रहरी चौकी सातभञ्ज्याङबाट खटिएको प्रहरीलाई देखेर ६र७ जना अपरिचित व्यक्तिहरु फरार भएपछि उक्त बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।

    पाँचथर, फालेलुङ गाउँपालिका-७ पापुङदिनस्थित जंगलबाट वेवारीसे अवस्था रहेको १ थान एकनाले भरुवा बन्दुक सोमबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिदिनबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ । 

    मंगलवार, पौष २८ २०७७०१:०४:०५

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै