कांग्रेसले चुनावमा जाने मानसिकता बनाउनुपर्छ: उपसभापति निधि

कांग्रेसले चुनावमा जाने मानसिकता बनाउनुपर्छ: उपसभापति निधि

  • 793
    SHARES

  • कांग्रेसले चुनावमा जाने मानसिकता बनाउनुपर्छ: उपसभापति निधि

    संसद विघटनको कदमको विषयमा काग्रेस नेताको मत पनि विभाजित देखिन्छ । सभापति शेरवहादुर देउवा चुनावको पक्षमा छन्, उनी सर्वोच्चको फैसला कुर्दै चुनावको तयारी गर्नु पर्ने मनस्थितिमा देखिन्छन । नेता रामचन्द्र पौडेल संसद पुर्नस्थापनाका पक्षमाका लागि सडक आन्दोलन गर्नुपर्ने वताउदै आएका छन् । यसैविच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस चुनावका लागि तयार रहनुपर्ने बताएका छन् ।

    प्रेस युनिययन धनुषाले गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको टिप्पणी गरे । निधिले निर्वाचन घोषणालाई भने संवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउ गरे ।

    images

    संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका निधिले निर्वाचन घोषणाप्रति समर्थन जनाए । उनले भने, "संसद विघटन असंवैधानिक हो, समर्थन गर्न सकिँदैन । तर निर्वाचन संवैधानिक व्यवस्था हो । प्रतिनिधिसभा देशलाई चाहिन्छ । त्यसैले लोकतन्त्रमाथि विश्वास गर्ने कांग्रेस निर्वाचनमा जान्छ ।" अदालतबाट संसद विघटन सदर भएर पनि सरकारले चुनाव नगराए आन्दोलनमा जानुपर्ने उनको भनाइ थियो ।

    उनले संघीयता र गणतन्त्रको रक्षासँगै समृद्धिको मुद्दा लिएर कांग्रेस चुनावमा सहभागी हुने बताए ।

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै