गाउँबस्ती शुन्य हुँदै जानुको मुख्य कारण गुणस्तरीय शिक्षाको कमी                                                           

गाउँबस्ती शुन्य हुँदै जानुको मुख्य कारण गुणस्तरीय शिक्षाको कमी                                                           

  • 397
    SHARES

  • गाउँबस्ती शुन्य हुँदै जानुको मुख्य कारण गुणस्तरीय शिक्षाको कमी                                                            

     बिप्लबी न्यौपाने

    परिवारबाट टाढा भएपछी जीवन साच्चै नै उजाड लाग्ने रहेछ । प्यारो जन्मस्थल, जननी छोडेर हिडेको पनि ५ वर्ष पुगेछ । हरेकको जिवनमा अप्स एन्ड डाउन त भै नै राख्छ । खुसियालीमा संगै खुशी भैदिने, सफलतामा बधाई दिने र अझै राम्रो गर्न प्रोत्साहन दिने अनि दुख पर्दा नआत्तीन भन्ने बाबाआमाको खाचो महसुस भैरहन्छ। अभिभावकको महत्त्व मैले राम्ररी बुझे । 

    images

    केही दिन अगाडि म मेरा साथीहरुसंग पशुपतिनाथ घुम्न गएकी थिए । मलाई लास जलाएको हेर्न सार्है मन लागेको थियो । पशुपति आर्यघाटमा धेरै लासहरु जलाइरहेका थिए । त्यसै क्रममा एउटी आमाको लास लिएर आए । ती आमाको लास लिएर आउनेमध्य प्रायः सबै रोइरहेका थिए । मेरो विचारमा उनीहरु छोरीहरु थिए । मैले आफ्ना बुढा भैसकेका बा र आमालाई सम्झिए । बाचुन्जेल उनिहरुसित बसिदैन । मरेपछि रोएर के काम रु गाउँमै विद्यालय त थियो नि १ किन आए म बुटवल रु किन आए म काठमाडौं रु खै किन म  उनिहरुको बुढेसकालको सहारा बन्न नसकेकोरु एक दिन ती आमा जसरी मेरा बा र आमा पनि मर्लान । त्यो दिन रोएर के म उनिहरुलाई फिर्ता पाउन सक्छुरु मलाई गाउँ र मातापिताको यादले झन धेरै सताउन थाल्यो ।  

    आज म जस्ता हजारौं नेपालीहरु कोहि विदेशमा रोइरहेका छन त कोहि स्वदेशमै परिवारबाट टाढा हुनुपर्दा रोइरहेका छन् । म गाउँमा ठुलो उद्योग, ठुलो अस्पताल, राम्रो बाटो बनोस् भन्दिन । मेरो विचारमा आज गाउँबस्ती शुन्य हुँदै जानुको मुल कारण गुणस्तरीय शिक्षाको कमि  हो । गाउँमै विद्यालय र विश्वविद्यालयको स्थापना मात्रै भयो भने पनि यसले बसाइँसराइ रोक्न मद्दत गर्नेछ ।  शिक्षा क्षेत्रमा हुँदै आएको व्यापारीकरण र राजनीतिकरणलाई बन्देज लगाउन सकियो भने जापान, अमेरिका, साउदी , कतार र दुवै गएका मातापिताहरुका बालबच्चाहरु होस्टेलमा बसिराख्नु पर्ने छैन । उनिहरु कुलतमा फस्ने छैनन् । डिप्रेसनको सिकार पनि बन्ने छैनन् ।

    विद्यालय तहमा म कहिले फर्स्ट र कहिले सेकेन्ड गर्ल हो । प्लस टु  लेभलमा पनि म कलेजको एक होनहार छात्रा हो । मसंग धेरै सकारात्मक उर्जा थियो । डा. सन्दुक रुइतको जिवनी पढ्दा मलाई उनिजस्तै कर्तव्यनिष्ट डाक्टर बन्न मन लाग्थ्यो । विद्यालयको गणित दौडमा प्रथम भैरहँदा इन्जिनियर बन्न मन लाग्थ्यो । आङ सान सुकिको जिवनी पढ्दा राजनीति गर्न मन लाग्थ्यो । अहिले म ती कुनै विषय पढ्न अब्बल छैन । यो देश, यहाँको राजनीति, सरकारको अस्थिरताले मेरो शरीरको हरेक ठाँउमा पिलो आएको छ । म उठ्न , बस्न केही पनि गर्न सक्दिन । आज मेरो देश एउटा सिस्टममा चल्थ्यो ,परिवारको साथ र प्रेम निरन्तर मिल्ने र पैसाको अभाव हुन्थेन भने म पनि नेल्सन मन्डेला, अल्बट आइन्सटाइन अथवा जे चाहन्थे त्यो बन्न सक्थे होला । यहाँ म भनेर मैले आफुलाई मात्र बताएकी छैन । मेरोजस्तो कहालीलाग्दो कहानी सायद हरेक नेपालीको होला । यो देश र  देशबासीको मुहारमा कान्ति र शान्ति छाएको हेरेर मात्रै मर्न पाए हुन्थ्यो नेपाल आमा !!

    मंगलवार, पौष २८ २०७७०४:२६:१५

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै