Logo

मताधिकारबाट वञ्चित गराएको भन्दै स्थानीय तह कर्मचारी हकहित मञ्चद्वारा विरोध कार्यक्रम घोषणा



निजामती कर्मचारीहरुको साझा संगठनका रुपमा रहेको निजामती कर्मचारीहरुको साझा संगठनका रुपमा रहेको निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन निर्वाचन, २०७७ बाट वञ्चित गराएको भनि स्थानीय तह कर्मचारी मञ्चद्वारा राष्ट्रव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।
 

निर्वाचन प्रयोजनको लागि मतदाताका सम्बन्धमा प्रमुख निवार्चन अधिकृतको कार्यालयले गत भाद्र २९ गते देश भरीका सबै निर्वाचन अधिकृतहरूलाई सम्बोधन गर्दै गरेको परिपत्रको बुँदा नं ३ मा कर्मचारी कर्मचारी समायोजन ऐन, २०७५ पश्चात् लोकसेवा आयोगको विज्ञापन बमोजिम छनौट भई विभिन्न स्थानीय तहमा नियुक्त भई पदस्थापन भएका कर्मचारीहरू निजामती सेवा ऐन, २०४९ अनुसार नियुक्त भएको नदेखिदा निजहरू मतदाता हुन नपाउने भनि गरेको निर्णयका विरुद्ध स्थानीय तह कर्मचारी हक हित मञ्चको आव्हानमा निम्न तालिका सहित विरोधका कार्यक्रमहरु संचालन गर्न देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अनुरोध छ । स्थानीय सेवाको कानून नबनिसकेको र मौजुदा कानूनद्वारा नै नियुक्त भएका कर्मचारीलाई अवैधानिक रुपमा प्रमुख निर्वाचन आयुक्तको एकल निर्णयद्वारा निर्वाचनबाट वञ्चित गराइनु राणाकालमा चन्द्र समशेरले क्लास निर्धारण गरेको जस्ता भएको मञ्चको विज्ञप्ती उल्लेख गरिएको छ । एउटै कानूनद्वारा नियुक्त गरिएका कोही कर्मचारीले पाउने कोहीले नपाउने प्रावधान न्याय संगत नभएको तत्काल कानूनी रुपमा मताधिकार पाउनुपर्ने र मागहरुको सुनुवाई नभएमा कानूनी उपचार खोज्ने मञ्चको घोषणा पत्रमा उल्लेख छ ।
विरोधका कार्यक्रमहरु यस्ता छन्

१‍. मिति २०७७ असोज २ गते शुक्रबार जिल्ला निर्वाचन अधिकृतसँग छलफल ।
२. मिति २०७७ असोज ४ गते आइतबार जिल्ला निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाउने ।
३.मिति २०७७ असोज ५ गते कालोपट्टी बाँधेर सबै स्थानीयता कर्मचारीहरुले काम गर्ने ।
४. मिति २०७७ असोज ६ गते zoom meeting मार्फत छलफल ।
५. असोज २गतेदेखि १०गतेसम्म राष्ट्रिय तथा क्षेत्रीय स्तरका कर्मचारिका संघसंगठन निर्वाचन आयोग र मन्त्रालयसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संवाद गरी सहमतिको प्रयत्न गर्ने ।
६. असोज १०गतेदेखि १५गतेसम्मकानुन व्याबसायि तथा अन्य प्रसासनका विज्ञहरुसँग छलफल गर्ने ।
७. असोज १५गते सम्म पनि कुनै निचोड नआएमा तुरुन्तै काठमाडौ गाएर सर्वोच्चमा निर्वाचन प्रयनेजनका सम्पुण कार्यक्रम स्थगित कालागि रिट दायर गर्ने यस सम्बन्धमा थप छलफल गरी आगामी कार्यदिशा तय गर्ने ।

 

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ११ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।