खैरो हिरोइनसहित तीन पक्राउ

खैरो हिरोइनसहित तीन पक्राउ

  • 376
    SHARES

  • खैरो हिरोइनसहित तीन पक्राउ

    प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका-१८ बाट एक र बेदकोट नगरपालिका-९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

    बैतडी दशरथ नगरपालिका-४ घर भई हाल भीमदत्त नगरपालिका-१८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

    images

    यसैगरी बेदकोट नगरपालिका-९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका-३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ । तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र रु ८२ हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए । घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो ।

    बुधवार, पौष २९ २०७७१०:२२:२२

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै