बुधवार, पौष २९ २०७७
काठमाडौँ
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड शीर्ष स्थानमा उक्लिएको छ ।
गए राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो । बर्नलीको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन युनाईटेडका पाउल पोग्बाले एक मात्र निर्णायक गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७१ औं मिनेटमा पोग्बाले गोल गरेका थिए । त्यस पछि बाँकी समयमा गोल हुन सकेन र खेल युनाईटेडले एक शुन्य ले जित्यो ।
जितसंगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ । भने पराजित बर्नली १६ औँ स्थानमा रहेको छ ।