बुधवार, पौष २९ २०७७
काठमाडौँ
शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हाँसिल गरेको छ ।
मंगलबार राति एट्लेटिको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औं मिनेटमा एन्जलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै, पहिलो हाफ एक शुन्य ले अघि रहेको एट्लेटिकोले दोस्रो हाफको ७६ औं मिनेटमा निगुएजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । एट्लेटिकोले १६ खेलमा ४१ अंक जोडेको छ । पराजित सेभिया भने ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।