अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ

  • 337
    SHARES

  • अवैध लागूऔषध गाँजा सहित पक्राउ

    ईश्वरपुर नगरपालिका-१३ रेलवे फाँटस्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका-३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन् ।

    images

    बिशेष सूचनाको आधारमा प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले ज.११ प ७९७१ नम्बरको मोटरसाइकलमा फुलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा मोटरसाइकलको बीचमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    बुधवार, पौष २९ २०७७१२:१३:५८

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै