आगलागीबाट धनमाल नष्ट 

आगलागीबाट धनमाल नष्ट 

  • 301
    SHARES

  • आगलागीबाट धनमाल नष्ट 

    काठमाडौं, तारकेश्वर नगरपालिका-८ मनमैजु सुन्दर कैलासबस्ती नजिकको खाली चौरमा पार्किङ गरी राखेको बा.१ ख ६६९१ नम्बरको कान्तिपुर यातायातको बसमा बुधबार बिहान आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । 

    झापा, भद्रपुर नगरपालिका-३ पैतिसलाईन बस्ने कुल बहादुर बिष्टको कुखुराको फार्ममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा कुखुरा फार्म र फार्ममा रहेका १ सय ५० वटा कुखुरा समेत पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

    images

    बझाङ, तालकोट गाउँपालिका-५ छडाखेत बस्ने नरेन्द्र थापाको घर नजिक रहेको खाद्यान्न पसलमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 

    स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    बुधवार, पौष २९ २०७७१२:१८:१६

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै