रजनीकान्त राजनीतिमा प्रबेश नगर्ने

रजनीकान्त राजनीतिमा प्रबेश नगर्ने

  • 253
    SHARES

  • रजनीकान्त राजनीतिमा प्रबेश नगर्ने

    बलिउड अभिनेता रजनीकान्तले अब आफू राजनीतिमा नआउने बताएका छन् । राजनीतिमा नआउने र यसबारेमा कुनै कार्यक्रमको नगर्न आग्रहसमेत गरेका छन् ।

    उनले सोमबार एक स्टेटमेन्ट जारी गर्दै आफ्ना प्रशंसकलाई अपिल गरेका हुन् । आइतवार उनका समर्थकहरुले राजनीतिमा आउन अनुरोध गर्दै वेल्लुवर कोट्टममासमेत प्रदर्शन गरेका थिए ।

    images

    रजनीकान्तले तमिलनाडुको विधान सभामा चुनाव लड्ने गरी जनवरी २०२१ मा राजनीतिक पार्टी घोषणा गर्ने बताएका थिए । यसका लागि उनले सम्पूर्ण तयारीसमेत गरिसकेका थिए । तर, आफ्नो स्वास्थ्य अवस्था विग्रिएपछि आफ्नो फैसला बदलेका हुन् ।

    रजनीकान्तले भनेका छन्–‘मैले आफ्नो निर्णय र त्यसको कारण भनिसकेको छु । मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्नु हुन् अपिल गर्दछु ।’

    फिल्मको छायाँकनको क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसपछि उनले २९ डिसेम्बरमा आफ्नो स्वास्थ्य अवस्थाका कारण राजनीतिमा प्रवेश नगर्ने जानकारी दिएका थिए ।

    बुधवार, पौष २९ २०७७०२:११:३९

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै