Logo

राजनीति

संविधान पढ्न ल क्याम्पस आउन ओलीलाई विद्यार्थीको अनुरोध 



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहको विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।

बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको असंवैधानिक कदमुविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको आरोप लगाए ।

अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नदिएको जिकिर गरे । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ३ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।