सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने नेकपा अध्यक्ष दाहालको चेतावनी

सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने नेकपा अध्यक्ष दाहालको चेतावनी

  • 409
    SHARES

  • सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने  नेकपा अध्यक्ष दाहालको चेतावनी

    नेकपा दाहाल-नेपाल  समुहका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन् । उक्त समुहले काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै संसद पुर्नस्थापना  नभए आधिवेहेरी आउने र कयामत हुने बताएका हुन् । 

    प्रचण्डले भने, 'निर्वाचन आयोगले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ ‘कयामत’ आउछ, यो देशमा आँधिहुरी वतास आउछ । केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन् ।

    images

    दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको जानकारी प्रचण्डले दिए ।

    केपी ओलीप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले ओली निर्घिणी र जोकरका रुपमा प्रस्तुत भएको टिप्पणी गरे । उनले मान्छेलाई भ्रममा पार्ने कला ओलीमा रहेको बताए ।‘पार्टीलाई लात हान्ने चाहिँ भगौडा नहुने। मानिसमा लाज हुनुपर्छ, धिन हुनुपर्छ। तर उहाँमा लाज र धिन छैन,’ उनले भने, ‘केपी ओलीमा झूटो कुरालाई हो जस्तो पार्ने क्षमता पनि रहेछ। विचित्र कुरा भनेर हो कि हो कि जस्तो बनाउने।’

    उनले ओलीलाई राम्रोसँग ऐना हेर्न पनि भनेका छन्। पार्टीमा हुँदा आफूहरूले सरकारलाई काम गर्न नरोकेको उनको दाबी थियो ।

    ‘केपी ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि मुटुमा छुरा हान्नुभएको छ,’ उनले भने, ‘नेकपा नाम र चुनाव चिन्ह सूर्य हाम्रो हुन्छ।’ प्रचण्डले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको पनि बताएका छन्। 

    समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको उनले बताए । उनले केपी ओलीमाथि कटाक्ष गर्दै उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताए ।

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै