एमसीसीलाई वारपारमा लैजाऔं: उर्जामन्त्री रायमाझी 

एमसीसीलाई वारपारमा लैजाऔं: उर्जामन्त्री रायमाझी 

  • 319
    SHARES

  • एमसीसीलाई वारपारमा लैजाऔं: उर्जामन्त्री रायमाझी 

    उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल को कार्यक्रममा मन्त्री रायमाझीले  एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन् ।


    ‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने,‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने,‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’

    images


    रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकता हुँदा पहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीय दलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामी यहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्यसमेत गरे ।

    रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेता भएको बताए । आफू अवसरवादी नेता नभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्ला बनाउन विगतमा महत्वपूर्ण भूमिका खेलेको बताए । 
     जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि डा। बाबुराम भट्टराई देशका लागि आवश्यक व्यक्ति भनेर काँध थापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथ दिन नसकेको उनले बताए ।

    उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीका विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ । उर्जासम्बन्धी एजेण्डामा पनि छलफल हुने रायमाझीले बताए । ४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युत भारत र भारतको विद्युत नेपाल ल्याउनुपरेमा सहज हुने बताए । विद्यतु व्यापारसम्बन्धमा पनि छलफल हुने उनको भनाई छ ।

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै