Logo

राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको अर्को सुनुपाई  शुक्रबार हुने 



प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ। बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन सकेन।

संवैधानिक इजलासबाट बृहत् पूर्ण इजलासमा सुनुवाइ माग गर्दै दर्ता भएका निवेदनहरु बुधवारको इजलासमा पढेर सकिएको थियो । त्यसपछि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरि उप्रेती र दिनेश त्रिपाठीले संवैधानिक इजलासमा पठाउने आदेश नै त्रुटि पूर्ण रहेको भन्दै मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए ।

सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बृहत् पूर्ण इजलास आवश्यक नरहेको र संविधान तथा सर्वोच्च अदालतको नियमावलीअनुसार संवैधानिक इजलासले नै टुंगो लगाउने जिकिर गरेका थिए ।

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ल थपिएपछि पहिलो सुनुवाइ भएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन् ।

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ४ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।