२४ घण्टामा देशभर ४ सय ४५ जना संक्रमित थपिए

२४ घण्टामा देशभर ४ सय ४५ जना संक्रमित थपिए

  • 295
    SHARES

  • २४ घण्टामा देशभर ४ सय ४५ जना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    गत २४ घण्टामा ४ हजार १ सय ५४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ। 

    images

    बुधबार ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको भई डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।  

    गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । 

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै