बुधवार, पौष २९ २०७७
काठमाडौँ
कालीकोट, नरहरीनाथ गाउँपालिका-७ दुध्यौलि बस्ने २९ वर्षीय भैरे बटालाको घरमा बुधबार बिहान आगलागी हुँदा आगलागीमा परी उनका छोराहरू १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मन बहादुर बटालाको जलेर मृत्यु भएको छ ।
साथै सोही आगलागीमा परी घाइते भएका ४ वर्षीय खगेन्द्र बटालाको कुमालगाउँ स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।