Logo

प्रधानमन्त्री कप: आज दुई खेल हुँदै



प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको चौथो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछन् । क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

आइतबार ९ बजे बाट सुरु हुने खेलमा बागमतीले आफ्नो पहिलो खेलमा साविक विजेता पुलिस बिरुद्द ज्जित हात पर्न खोज्दैछ । पबागमतीको लागि ज्ञानेन्द्र मल्ल र पुलिसको मञ्जित श्रेष्ठले कप्तानी गर्दैछन । बागमतीका पारस खड्का, ज्ञानेन्द्र मल्ल र ईशान पान्डे प्रमुख ब्याट्सम्यान हुन् । 

यता पुलिसमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । पुलिसमा दीलिप नाथ, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, पवन सरार्फ, आरिफ शेख, सुनिल धमला र पवन सरार्फ जस्ता युवा ब्याट्सम्यान हुँदा बलियो छ । नेपाली क्रिकेट टोलीका खेलाडीले भोरिएको पुलिस बागमतीलाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहान्छ ।

त्यस्तै, आइतबार हुने अर्को खेलमा कर्णालीले आर्मीको सामना गर्ने छ । मुलपानी क्रिकेट रंगशालामा हुने खेलमा आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । कप्तान विनोद भण्डारीले १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । त्यस्तै आर्मीको लागि पछिल्लो खेलमा बलर राजेश पुलामीले ५ विकेट लिएका थिए ।

 

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ७ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।