Logo

विचार / ब्लग

बिदेशमा बस्ने नेपालीको भोट नचल्ने अनि नोट मात्र चल्ने ?



विगत लामो समयदेखि बिदेशीभुमी इजरायल बस्दै आएकी पवित्रा गौतम । जन्मथलो नेपाल भएपनि कर्मथलो इजरायल बनाएर दु:खी पीडित हजारौँ हजार नेपालीलाई विभिन्न सहयोग गर्दै आइरहेकी छिन् ।  

नेपालमा भुकम्प आउँदाको समयमा होस् या बाढी-पहिरोले बस्तीनै सखाप पारेको बेला होस्, कोरना महामारीले चौपट्टै बनाएर हजारौँ नेपालीहरुलाई गाँस र बाँसको लागि समेत उल्लेखनीय सहयोग गर्दै आएकी गौतम पछिल्लो समयमा आफै कोरोना संक्रमित समेत भएकी थिइन् । दु:खमा आत्तिनु हुन्न र सुखमा मात्तिनु हुन्न भन्ने सन्देश दिदै आफुले दुख गरेर कमाएको रकमबाट सहयोग गर्दै आइरहेको बताउछिन् । 

यतिबेला सामाजिक सञ्जालहरुमा सरकार, प्रतिपक्ष र अन्यौलमा रहेको आगामी निर्वाचनको बिषयमा चर्को टिकाटिप्पणी हुने गरेको पाइएको छ । यसै सन्दर्भमा समाजसेवी गौतमले आगामी चुनावको बिषयलाई लिएर चर्को आक्रोश पोखेकी छिन् ।  

शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा गौतमले लेखेकी छिन्, “के हामी, बिदेशमा बस्ने नेपालीको भोट नचल्ने अनि नोट मात्र चल्ने ?” भन्दै सरकार समक्ष कटाक्ष प्रकट गरेकी छिन् । त्यस्तै उनले थपेकी छिन्, हामी विदेश रोजगारीका लागि आएका हौं । हाम्रो नेपाली पासपोर्ट खोस्टा हो र ?? भनेर प्रश्न खडा गरेकी छिन् ।  

यतिबेला पवित्रा गौतमको मात्र होइन आम नेपालीहरु जो विदेशीभुमीमा कार्यरत छन् उनीहरु सबैको मनमा चिन्ता रहेको एउटै बिषय हो, नेपाली पासपोर्ट खोस्टा हो र ?? 

139673552_401221460982842_2833558957115155988_n.jpg

 

 

 

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  १२ : ४४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।