Logo

राजनीति

प्रधानमन्त्रीको सनकका आधारमा संसद विघटन भयो, यो कुरा अदालले सुन्नुपर्छ: अधिवक्ता पोखरेल 



अधिवक्ता दीनमणि पोखरेलले पार्टीभित्रको विवाद मिलाउन नसके प्रधानमन्त्रीले संसद् विघटन गराउने व्यवस्था संविधानमा नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुध्द रिट निवेदकको तर्फबाट बहस गरेका पोखरेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हुन् ।  

‘अदालतमा जे बहस भए पनि प्रधानमन्त्रीको सनकका आधारमा संसद विघटन भयो, यो कुरा अदालले सुन्नुपर्छ,’ पोखरेलले भने, ‘पार्टीभित्रको इन्ट्रेस्ट मेनेज गर्न नसक्नेले संसद्‌लाई पीडित बनाउन मिल्छ श्रीमान् । पार्टीमा समस्या भए गरे पार्टी विघटन गर्ने हो नि ।’ 

उनले प्रतिनिधि सभा विघटनको मुद्दाको मुख्य विषय संविधान नै रहन्छ कि रहन्न भन्ने भएको उल्लेख गरे। मुख्य प्रश्न संविधान रहन्छ कि रहन्न भन्ने हो। एउटा धाराको व्याख्या गर्दा अर्को धारा असर पर्नु हुन्न, उनको भनाइ थियो, विघटन सदर गर्ने हो भने संविधान बाँकी रहँदैन । यो व्यवस्था बाँकी रहँदैन । यो प्रधानमन्त्रीको मात्र होइन, व्यवस्था रहने कि नरहने भन्ने मुख्य प्रश्न हो।

संविधान निर्माणको क्रममा शासकीय व्यवस्थामा व्यापक छलफल भएको थियो । राष्ट्रपति निरकुंश हुने आशंकामा प्रधानमन्त्रीय प्रणाली अपनाइयो । तत्कालीन अवधारणालाई प्रमले कुल्चिनु भो । प्रधानमन्त्रीय प्रणालीमा प्रमले राजनीतिक हठ देखाउनु भयो । जनताको बीचमा रहेको प्रधानमन्त्रीप्रतिको बुझाइ न्यायाधीशले महसुस गर्नुपर्छ। प्रमले राजनीतिक हठ देखाएको जनतामा बुझाइ छ, उनले भने। 

सत्तारुढ दलले नै अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन लागेपछि विघटन गरिएको छ । अविश्वास प्रस्ताव जति बेला पनि आउन सक्छ, उनले भने, सविधानले आवधिक निर्वाचनलाई स्वीकार गरेको छ । विगतको भन्दा फरक छ भनेर सुवास नेम्वाङले त्यही बेला भन्नु भएको थियो ।

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  ३ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।