Logo

बैंकिङ

नेपाल लाइफको साधारणसभा आह्वान, प्रति कित्ता शेयर मूल्य ५० कायम गर्ने प्रस्ताव पेश हुने



नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्व्ना गरेको छ । कम्पनीले  माग २८ गते बुधबार बिरगंजमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष  ७५/७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने,  त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना  संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पेश हुने भएको छ । यद्यपि यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएमा मात्र लागु हुने कम्पनीले जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १४ देखि माघ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार  ९ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।