Logo

बैंकिङ

रक्तदान गरी राष्ट्रिय वाणिज्य बैंककाे ५६ औँ वार्षिकोत्सव सम्पन्न



राष्ट्रिय वाणिज्य बैंकको आफ्नो ५६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजनाको साथ बैंकको ५६ औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ । खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उनको भनाई छ ।

ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताए । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उनको भनाई छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उनले बताए ।

गाउँ गाउँमा वित्तिय पहुँच पु¥याउन बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको बैंकका ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत बताउँछन् ।

प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार  ९ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।