Logo

कालिकोटको बीच जंगलमा सुत्केरी- शिशुको मृत्यु, आमाको अवस्था गम्भीर



राज्यले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भन्ने संविधानमा उल्लेख गरेता पनि दुर्गममा भने उक्त प्रावधानको सदुपयोग हुन सकिरहेको छैन् । दुर्गमका महिलाहरु अझै बाटो, जंगलमा गर्भवति हुन बाध्य छन् । उनीहरुले अस्पताल कस्ता हुन्छन् भन्ने अनुभूति समेत लिन सकिरहेका छैनन् ।  

त्यस्तै प्रतिमुलक घटना कालिकोट जिल्लामा घटेको छ । जिल्लाको तिलागुफा वडा नम्बर ११ ठिन्के बजार घर भएकि नरेन्द्र बहादुर शाही श्रीमती १९ वर्षीय सम्झना शाही घरमा सुत्केरी हुन नसकेर जुम्ला अस्पताल लिदैं गर्दा  तिलागुफा नगरपालिका  वडा नम्बर ९ को बीचमा पर्ने हुस्के जंगलको खुला बाटोमा नै सुत्केरी भइन् । 

उनलाई गए राति देखि सुत्केरी व्यथा लागेपछि उनका आफन्तले नजिकै रहेको स्वास्थ्य चौकि चिलखायामा लगेका थिए । तर उक्त स्वास्थय संस्थामा सुत्केरी हुन नसक्दा राती ३ बजे स्वास्थ्य संस्थाले यहाँ सुत्केरी गराउन सकिँदैन जुम्ला अस्पताल लैजाउ भनेको आफन्तले जनाए। तर रातीको समयमा यातायात र अन्य सुविधा नहुदा बिहान जुम्ला अस्पताल लैजादै गर्दा बिहान १० बजे तिर बिचबाटो जंगलमै सुत्केरी भइन् ।

बीच बाटोमा न फोन पनि नलाग्ने भएका कारणले अन्त सम्पर्क गर्न नसक्दा थप समस्या रहेको उपचारमा संग्लग्न अनमी कल्पना शाहीले बताइन् । उनको उपचारको लागि अनमी शाही,तुल्साथापा राना र हिरा जिशी रहेपनि शिशुलाई बचाउन नसकिएको गुनासो गरेका छन्

१९ वर्षको कलिलो उमेरमै शिशुको जन्म भए पनि उनको तत्काल घटनास्थलमै मृत्यु भयो । सुत्केरी महिलाको हाल सम्म साल नआएपछि उनलाई जिल्ला अस्पताल मान्मा लगिएको जनाइएको छ । समयमै अस्पताल पुर्याउन नसक्दा कालिकोट लगायतका हिमाली जिल्लाका कतिपय आमाहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

 

 

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ६ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।