Logo

‘गोर्खे’ को शिर्ष गीत सार्वजनिक (भिडियो सहित)



चलचित्र ‘गोर्खे’ को शीर्ष गीत ‘गोर्खे गोर्खे’ सार्वजनिक भईसकेको छ ।  शास शाक्यको स्वर र संगीत रहेको गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द सिर्जना छ । चलचित्रका चल-अचल दृश्य समावेश गरिएको गीतको भिडियोमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ लगायतका कलाकारहरु फिचर छन् ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले निर्माण गरेको फिल्मले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गरेको छ ।

फिल्ममा रविन्द्र र अर्जुनका अलावा अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा,आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको पनि अभिनय छ । काजी लिम्बुको कथा रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । फिल्म सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : माघ ७, २०७७ बुधबार  ११ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।